शनिबार, कार्तिक १४,२०८३ 12:47:42
  • शनिबार, कार्तिक १४,२०८३ 12:47:42
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीले दुई महिनामै उठाए ९ अर्ब ८३ करोड प्रिमियम, व्यवसाय २०.९७ प्रतिशतले बढ्यो

Bizshala
निर्जीवन बीमा कम्पनीले दुई महिनामै उठाए ९ अर्ब ८३ करोड प्रिमियम, व्यवसाय २०.९७ प्रतिशतले बढ्यो
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

उपलब्ध तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले भदौसम्म ९८ हजार ३२५.३० लाख रुपैयाँ अर्थात् करिब ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो संकलन ८१ हजार २८१.८७ लाख रुपैयाँ अर्थात् करिब ८ अर्ब १२ करोड ८२ लाख रुपैयाँ थियो।

यस आधारमा एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन २०.९७ प्रतिशतले बढेको छ। रकमका आधारमा बीमाशुल्क संकलन करिब १ अर्ब ७० करोड ४३ लाख रुपैयाँले बढेको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चालु आवको भदौसम्म सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी सलिको इन्स्योरेन्स रहेको छ। कम्पनीले १ अर्ब ९ करोड ५० लाख ८० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन गरेको थियो। सलिकोको बीमाशुल्क संकलन २२.४३ प्रतिशतले बढेको छ।

दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले भदौसम्म १ अर्ब ४ करोड ३४ लाख ५० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८४ करोड ८२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको थियो। कम्पनीको बीमाशुल्क संकलन २३.०१ प्रतिशतले बढेको छ।

एनएलजी इन्स्योरेन्सले भदौसम्म ९७ करोड १७ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ७५ लाख १४ हजार रुपैयाँ संकलन गरेको थियो। कम्पनीको बीमाशुल्क संकलन ४१.३५ प्रतिशतले बढेको छ। उपलब्ध तथ्यांकमा यो नै सबैभन्दा उच्च वृद्धिदर हो।

Garima Development Bank
Bizshala
IME remit

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको भदौसम्म यस्तो संकलन ७१ करोड १७ लाख ८३ हजार रुपैयाँ थियो। कम्पनीको बीमाशुल्क संकलन ३५.१२ प्रतिशतले वृद्धि भएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आवको भदौसम्म ८९ करोड ५२ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिको ७७ करोड ३३ लाख ४० हजार रुपैयाँको तुलनामा यो १५.७७ प्रतिशत बढी हो।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको भदौसम्म कम्पनीको यस्तो संकलन ६२ करोड ९१ लाख ८३ हजार रुपैयाँ थियो। कम्पनीको कारोबार ३१.१७ प्रतिशतले बढेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.