बिहीबार, आश्विन २९,२०८३ 01:06:15
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:06:15
Bizshala
Global IME Bank Limited

बूढीगण्डकी बाढीपछि हेलिकोप्टरबाट १ हजार ४४ जनाको उद्धार, राहत वितरण पनि तीव्र

Bizshala
बूढीगण्डकी बाढीपछि हेलिकोप्टरबाट १ हजार ४४ जनाको उद्धार, राहत वितरण पनि तीव्र
New Office

 

काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखाका विभिन्न क्षेत्रमा फसेका एक हजारभन्दा बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

आइतबारदेखि बिहीबारसम्म नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी कुल १ हजार ४४ जनालाई सुरक्षित स्थानमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन्।

बाढीले उत्तरी गोरखा जोड्ने सडक, पदमार्ग र पुलहरूमा व्यापक क्षति पुर्‍याएपछि विभिन्न स्थानमा स्थानीयवासी तथा पर्यटक फसेका थिए। स्थलमार्गबाट उद्धार सम्भव नभएपछि हेलिकोप्टर परिचालन गरिएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बाढी गएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। त्यसपछि सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उद्धारसँगै राहत ढुवानी

प्रभावित क्षेत्रमा उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको छ। सडक तथा पदमार्ग अवरुद्ध भएकाले राहत सामग्रीसमेत हेलिकोप्टरमार्फत पुर्‍याइँदै आएको छ।

प्रशासनका अनुसार खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत अत्यावश्यक सामग्री प्रभावित बस्तीमा पठाइएको छ।

उद्धारका लागि प्रभावित क्षेत्रमा जाने हेलिकोप्टरले राहत सामग्री लैजाने र फर्किँदा फसेका नागरिकलाई उद्धार गरेर ल्याउने व्यवस्था मिलाइएको शर्माले बताए।

रेडक्रसका स्वयंसेवक परिचालन

नेपाल रेडक्रस सोसाइटीले पनि बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यलाई तीव्र बनाएको छ।

रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुर पूर्व र पश्चिमका स्वयंसेवक परिचालन गरिएको थियो। उनीहरूले जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह गर्नुका साथै राहत तथा मानवीय सेवामा सहयोग गरिरहेका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

रेडक्रसले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।

यसका साथै आपतकालीन अवस्थामा अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

रेडक्रसले क्षतिको विस्तृत आकलनका लागि विज्ञ जनशक्ति परिचालन गरिसकेको र आवश्यकताअनुसार थप राहत सामग्री पठाउने काम जारी रहेको जनाएको छ।

बाढीका कारण यातायात तथा पैदल पहुँचसमेत अवरुद्ध भएकाले तत्कालका लागि उद्धार र राहत दुवैमा हवाई साधन नै मुख्य विकल्प बनेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.