बिहीबार, आश्विन २९,२०८३ 02:50:10
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:50:10
Bizshala
Global IME Bank Limited

म्याक्स टाइगरको ‘दशैं धमाका’मा थप दुई विजेता, स्कुटर र मोटरसाइकल हात पारे

Bizshala
म्याक्स टाइगरको ‘दशैं धमाका’मा थप दुई विजेता, स्कुटर र मोटरसाइकल हात पारे
New Office

काठमाण्डौ ।  म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले यामाहाका स्कुटर र मोटरसाइकल जितेका छन्।

कम्पनीका अनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन्। यससँगै अभियानअन्तर्गत स्कुटर तथा मोटरसाइकल जित्ने विजेताको संख्या पाँच पुगेको छ।

यसअघि बनेपाका कुमार राज, धादिङको गल्छीका सञ्जोग रिमाल र सुर्खेतका किशोरजंग शाह विजेता बनिसकेका थिए। तीमध्ये तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर जितेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

म्याक्स टाइगरका अनुसार अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। साथै एक जना महाभाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार पाउनेछन्।

हालसम्म पाँच विजेता सार्वजनिक भइसकेकाले अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार घोषणा हुन बाँकी रहेको कम्पनीले जनाएको छ।

नयाँ विजेता ठोकरले सामान्य रूपमा खरिद गरेको म्याक्स टाइगरको एक क्यानमार्फत स्कुटर जितेका हुन्। जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार प्राप्त गरेको भन्दै उनले दशैंको समयमा पाएको यो उपहारले चाडपर्वलाई अझ विशेष बनाएको बताएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले दशैंको उत्साहलाई आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ। बनेपा, धादिङ, सुर्खेत, बुटवलदेखि धनगढीसम्मका उपभोक्ता विजेता बनेसँगै अभियानप्रति उपभोक्ताको चासो थप बढेको कम्पनीको भनाइ छ।

म्याक्स टाइगरले प्रत्येक क्यानसँग पुरस्कार जित्ने अवसर रहेको जनाउँदै बाँकी स्कुटर, मोटरसाइकल तथा बम्पर पुरस्कार प्रोटोन कारका विजेता क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.