बिहीबार, आश्विन २९,२०८३ 03:01:25
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 03:01:25
Bizshala
Global IME Bank Limited

तीन महिनामा अर्थतन्त्र १.५४ प्रतिशत विस्तार, वार्षिक जीडीपी वृद्धिदर ४ प्रतिशत अनुमान

Bizshala
तीन महिनामा अर्थतन्त्र १.५४ प्रतिशत विस्तार, वार्षिक जीडीपी वृद्धिदर ४ प्रतिशत अनुमान
New Office

 

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको अर्थतन्त्र अघिल्लो त्रैमासिकको तुलनामा १.५४ प्रतिशतले विस्तार भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार मौसमी प्रभाव समायोजन गर्दा तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.५४ प्रतिशतले बढेको हो।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आधारभूत मूल्यमा जीडीपी वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘अरिमा’ विधि प्रयोग गरी मौसमी प्रभाव समायोजित तथ्याङ्क तयार गरेको जनाएको छ। आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा गरिएको गणनाले अर्थतन्त्रका अधिकांश क्षेत्र सकारात्मक दिशामा रहेको देखाएको छ।

१८ मध्ये १७ क्षेत्र सकारात्मक

समीक्षा अवधिमा अध्ययन गरिएका १८ औद्योगिक क्षेत्रमध्ये १७ वटाले वार्षिक आधारमा सकारात्मक वृद्धि हासिल गरेका छन्। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा मात्र सामान्य ऋणात्मक वृद्धि देखिएको छ।

अघिल्लो वर्षको चौथो त्रैमासिकको तुलनामा सबैभन्दा उच्च वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा देखिएको छ। यो क्षेत्र २४.३६ प्रतिशतले विस्तार भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, वित्तीय तथा बीमा गतिविधि ९.०७ प्रतिशत, आवास तथा भोजन सेवा ७.८४ प्रतिशत, सूचना तथा सञ्चार ७.६६ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्र ६.८१ प्रतिशतले बढेको छ।

थोक तथा खुद्रा व्यापार क्षेत्र पनि ५.९७ प्रतिशतले विस्तार भएको छ। स्वदेशी उत्पादन र व्यापारजन्य वस्तुको आयातमा आएको सुधारले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको कार्यालयको विश्लेषण छ।

स्वास्थ्य तथा सामाजिक कार्यमा ४.७० प्रतिशत, अन्य सेवामा ३.८२ प्रतिशत, खानी तथा उत्खननमा ३.३४ प्रतिशत, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक गतिविधिमा ३.१९ प्रतिशत, घरजग्गा कारोबारमा २.६८ प्रतिशत र निर्माण क्षेत्रमा २.३८ प्रतिशत वृद्धि देखिएको छ।

कृषि र उद्योगको वृद्धि सुस्त

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि भने १.३५ प्रतिशतमा सीमित भएको छ।

औद्योगिक उत्पादनमा १.४४ प्रतिशत, खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा १.४३ प्रतिशत र शिक्षा क्षेत्रमा १.३२ प्रतिशत वृद्धि भएको छ।

सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र भने ०.१२ प्रतिशतले संकुचित भएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्रैमासिक आधारमा होटल–रेस्टुरेन्ट क्षेत्र अगाडि

तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकको मौसमी प्रभाव समायोजित तथ्याङ्क हेर्दा आवास तथा भोजन सेवा क्षेत्र सर्वाधिक ६.०५ प्रतिशतले बढेको छ।

विद्युत तथा ग्यास क्षेत्र ३.७६ प्रतिशत, खानी तथा उत्खनन ३.२२ प्रतिशत, शिक्षा ३.०७ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार २.९० प्रतिशतले विस्तार भएका छन्।

वित्तीय तथा बीमा क्षेत्रमा २.१० प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षामा २.२१ प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रमा १.०८ प्रतिशत वृद्धि भएको छ।

तर, अघिल्लो त्रैमासिकको तुलनामा औद्योगिक उत्पादन क्षेत्र ०.४८ प्रतिशतले संकुचित भएको छ।

विद्युत उत्पादन तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा विस्तार, निर्जीवन बीमा प्रिमियम तथा होटल–रेस्टुरेन्ट क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई टेवा दिएको छ। तर सरकारी खर्चको कमजोरी तथा कृषि र औद्योगिक उत्पादनमा सीमित वृद्धिका कारण समग्र विस्तार मध्यमस्तरमै रहेको देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.