सोमबार, कार्तिक ९,२०८३ 02:18:52
  • सोमबार, कार्तिक ९,२०८३ 02:18:52
Global IME Bank Limited

बुधबारदेखि तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

Bizshala
बुधबारदेखि तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
New Office

 

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै बुधबारदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही प्रभावका कारण सोमबारदेखि नै केही भूभागमा आंशिक बदली सुरु हुने र बुधबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने देखिएको हो।

सोमबार दिउँसो हिमाली भूभागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।

मंगलबार कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बुधबारदेखि मौसम थप सक्रिय

महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम थप बदली हुने सम्भावना छ।

बुधबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।

महाशाखाले वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्यटन र पर्वतारोहणमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यात्रा वा अन्य गतिविधि गर्नुअघि मौसमसम्बन्धी अद्यावधिक सूचना लिनसमेत महाशाखाले अनुरोध गरेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.