काठमाण्डौ । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारी गरेका छन्।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको जानकारीअनुसार आधारभूत सेयरधनी विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने मनसाय कम्पनीसमक्ष पेस गरेका हुन्।
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार विन्दिया प्रधानाङ्गले १० लाख १ कित्ता र सरला देवी प्रधानाङ्गले पनि १० लाख १ कित्ता सेयर बिक्री गर्न चाहेका छन्। यसरी दुवै आधारभूत सेयरधनीले कुल २० लाख २ कित्ता सेयर बिक्री तयारी गरेका छन् ।
बोर्डको निर्देशनबमोजिम कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको तोकिएको सीमाभन्दा बढी सेयर बिक्री गर्नुअघि निश्चित अवधि अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दुवै सेयरधनीबाट प्राप्त सेयर बिक्रीको मनसाय कम्पनीले नेप्सेलाई जानकारी गराएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।