काठमाडौं । शाखा समायोजनसम्बन्धी प्राविधिक काम र तथ्याङ्क स्थानान्तरण गर्न नेपाल बैंकले आफ्ना सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ ।
बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म सेवा बन्द रहनेछ ।
सेवा बन्द रहने अवधिमा बैंकिङ कारोबार गर्न नसकिने भएकाले आवश्यक काम समयमै सम्पन्न गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ । प्राविधिक काम सकिएपछि सेवा पुनः सञ्चालनमा आउने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।