काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख ९० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ३४२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य बढेको छ। पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो।
कम्पनीको कुल नाफा २९ करोड ६२ लाख रुपैयाँबाट बढेर ५६ करोड १६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै सञ्चालन नाफामा समेत उच्च वृद्धि देखिएको छ। गत वर्ष पहिलो त्रैमासमा १६ करोड ९१ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले करअघि ३६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड १९ लाख रुपैयाँ मात्रै थियो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १४ अर्ब २६ करोड ५८ लाख रुपैयाँ रहेको छ भने कुल इक्विटी ९ अर्ब ३० करोड १६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ।
रिलायन्स स्पिनिङ मिल्सको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६३.१७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ४८९.५३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५०.८३ रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।