काठमाण्डौ । इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना निधन भएपछि त्यहाँको सेयर बजारमा क्र्यास भएको छ । आइतबार इ्ररानका राष्ट्रपति इब्राहिमको दुर्घटना परि निधन भएपछि त्यसको प्रभाव इरानको सेयर बजारमा देखिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।
यो खबरले तेहरान स्कट मार्केको मुख्य सूचक ‘टेडपिक्स’धरासायी बनेको छ । पहिलेदेखि नै गिरावटको सामन गरिरहेको इरानको सेयर बजार राष्ट्रपतिको निधनको खबरपछि झनै खस्किएको हो । आइतबार राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना भएको खबर बाहिरिएपछि टेडपिक्स इन्डेक्समा २.६८ प्रतिशत अर्थात ५८ हजार ५८ अंकको पहिरो गएको थियो ।
यो गिरावटसँगै टेडपिक्स इन्डेक्स २१,०६ ४३९ विन्दुमा सीमित बनेको थियो । यो एक दिनको गिरावट समग्र एक साताको गिरावट भन्दा बढी हो । गत साता तेहरान स्टक मार्केट २.५२ प्रतिशतले घटेको थियो ।
इरानको सेयर बजार पहिलेदेखि नै निरन्तर रुपमा घटिरहेको छ । तीव्र उचारचढावको सामना गरिरहेको इरानको सेयर बजारमा गत एक महिनामा करिब ७ प्रतिशतले घटिसकेको छ । तेहराइन टाइम्सका अनुसार गत शनिबार त्यहाँको सेयर बजारमा ठूलो गिरावट आएको थियो । त्यसदिन टेडपिक्स इन्डेक्स १० हजार ८ सय अंकले घटेको थियो । यसैबीचमा राष्ट्रपतिको निधनको खबरको सेयर बजारको गिरावट झनै गहिरिएको छ ।
बढ्दो ब्याजदर र कम्पनीहरुको खस्कदो मुनाफाका कारण इरानको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । लगानीकर्ताले सेयर बजारबाट आफ्नो लगानी झिक्ने क्रम बढाएका छन् । जसको परिणामस्वरुप सेयर बजारमा दबाव सिर्जना भएको तेहरान टाइम्सले जनाएको छ । -एजेन्सी