शनिबार, असार २०,२०८३ 04:51:15
Bizshala
  • शनिबार, असार २०,२०८३ 04:51:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालेखाले भन्यो–‘पूँजीबजारको सुधारबिना मुलुकको आर्थिक विकासले गति लिनसक्दैन’

Laxmi Sunrise Bank Limited
महालेखाले भन्यो–‘पूँजीबजारको सुधारबिना मुलुकको आर्थिक विकासले गति लिनसक्दैन’

काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले पूँजीबजारको समग्र विकास भएमा मुलुकको आर्थिक विकासले गति लिने भन्दै यसलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाएको छ ।  

आइतबार राष्ट्रपतिसमक्ष पेश गरेपछि सार्वजनिक भएको महालेखाको ६१ औं वार्षिक प्रतिवेदनमा पूँजी बजारका पूर्वाधारहरुको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पूँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति लिने भनिएको हो । 

New Office
CG Motors
Garima Development Bank

पूँजी बजारको विकास र विस्तारका लागि गर्नुपर्ने कामहरुको विषयमा समेत महालेखाले सुझावहरु प्रस्तुत गरेको छ । उत्पादनमूलक लगायत बहुसंख्यक कम्पनीहरुले अझै धितोपत्र निश्कासन नगरेका, केही म्युचुअल फण्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र दलालहरुको उपस्थितिले लागत घटाउन नसकिएको, निजी क्षेत्रलाई प्राइभेट इक्वीटी फण्ड र भेञ्चर क्यापिटल सञ्चालनका लागि उत्प्रेरित गर्न नसकिएको समस्या औंल्याइएको छ । बजारको क्षेत्रगत विविधिता बढाउनुपर्ने, धितोपत्र व्यवसायीको सेवा अझै बिस्तार गर्नुपर्ने, विदेशी लगानीकर्तालाई पूँजीबजारमा लगानीका लागि सहज व्यवस्था हुनुपर्ने, वस्तु बजारको लागि नियमनकारी व्यवस्थाको सुदुढीकरण गर्न सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को पुनःसंरचना गरी पूँजीबजारको दायरा र आकार वृद्धि गराउन जरुरी देखिएको समेत महालेखाको सुझाव छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.