मंगलवार, श्रावण २६,२०८३ 06:23:39
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:23:39
Bizshala
Global IME Bank Limited

आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा २३ करोड बढी,खुद बीमा शुल्क आर्जन ११.२०% ले बढ्यो

Prabhu Bank Limited
आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा २३ करोड बढी,खुद बीमा शुल्क आर्जन ११.२०% ले बढ्यो
New Office

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो सम्ममा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क

आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो ।  कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा

कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेकोछ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X