शुक्रबार, असार १३,२०८२ 11:49:22
  • शुक्रबार, असार १३,२०८२ 11:49:22
Global IME Bank Limited

आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा २३ करोड बढी,खुद बीमा शुल्क आर्जन ११.२०% ले बढ्यो

Hyundai Nepal
आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा २३ करोड बढी,खुद बीमा शुल्क आर्जन ११.२०% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो सम्ममा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क

आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो ।  कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा

कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेकोछ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.