शनिबार, फाल्गुन १०,२०८१ 10:14:01
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:14:01
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डहरुले करिब ७४ करोड रुपैयाँ घाटा ब्यहोर्दा सबैको न्याभ घट्यो, ३१ फण्डले लगानी घटाउँदै

Hyundai Nepal
म्युचुअल फण्डहरुले करिब ७४ करोड रुपैयाँ घाटा ब्यहोर्दा सबैको न्याभ घट्यो, ३१ फण्डले लगानी घटाउँदै
Nabil Bank Limited

काठमाण्डौ  । म्युचुअल फण्डहरुको वैशाख महिनामा खुद नाफासँगै प्रतिइकाई खुद मूल्य (न्याभ) घट्न पुगेको छ । वित्तीय विवरणअनुसार वैशाख महिनामा सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले ७३ करोड ९३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

वैशाख महिनामा लगातार सेयरबजारमा गिरावट आउँदा म्युचुअल फण्डहरुको न्याभ घट्न पुगेको हो । सामूहिक लगानी कोष (म्युचुअल) फण्डहरुको करोडौं रकम सेयरबजारमा लगानी रहेको हुन्छ । वैशाख महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार साइडवेजमा चलेकाले म्युचुअल फण्डहरुले प्रोफिट अर्न गर्न नसकेका हुन् ।  

म्युचुअल फण्डहरुको नाफा प्रभावित बन्दा न्याभ पनि सबैको घट्न पुगेको छ । ४४ वटा फण्डमध्ये एनआइसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)को मात्रै न्याभ चैत महिनाको तुलनामा तटस्थ छ भने बाँकी सबैको घटेको छ ।  

वैशाख महिनामा लगानीकर्ताहरुमा उत्साह नदेखिंदा बजार झनै घट्दो अवस्थामा थियो । महिनाभरी १० प्रतिशत दिनमा मात्रै सेयरबजारमा झिनो सुधार देखिएको थियो । ५ महिनादेखि, धितोपत्र बोर्डमा अध्यक्ष नहुनु, लगानीकर्ताले माग गरेका विषय अर्थमन्त्रालयबाट सम्बोधन नहुनु र सूचीकृत कम्पनीहरुको वित्तीय विवरणमा पनि खासै प्रगति नदेखिनु जस्ता विषयले लगानीकर्ता निरुत्साही बन्दा मार्केट झनै साइडवेजमा चलेको थियो ।  

नाफा घट्दा वा घाटा ब्यहोर्दा न्याभ प्रभावित बनेको छ भने म्युचुअल फण्डहरुले चैत महिनाको तुलनामा वैशाखमा सूचीकृत सेयरमा पनि लगानी घटाएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि बजेट भाषण समेत गरिसकेको छ । बजेटमा पुँजीबजार उत्थान गर्ने खालका केही नीति नआएका कारण बजार अझै घट्न सक्ने लगानीकर्ताहरुले अनुमान गरेका छन् । यदि बजारले सुधारको रुप फेर्न सकेन भने जेठ महिनामा पनि म्युचुअल फण्डहरुको न्याभसँगै घाटा अझै बढ्न सक्ने देखिन्छ ।  

न्याभमा को अघि ?

वैशाख महिनासम्ममा ४४ वटा म्युचुअल फण्ड मध्ये सबैभन्दा बढी धेरै न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ रहेको छ । फण्डको न्याभ ११।११ रुपैयाँ छ । अघिल्लो महिनामा सो फण्डको न्याभ ११।१५ रुपैयाँ थियो । यसर्थ फण्डको न्याभ ०।०४ रुपैयाँले घटेको छ ।  

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ ११ रुपैयाँ छ । चैत महिनाको तुलनामा फण्डको न्याभ ०।०७ रुपैयाँले घटेको छ ।  

यसका साथै एनआइसी एशिया सेलेक्ट–३० को फण्ड १०।८५ रुपैयाँ, कुमारी सुनौलो लगानी योजनाको १०।८४ रुपैयाँ, सानिमा इक्विटी फण्डको १०।७८ रुपैयाँ, एनआइसी एशिया डायनामिक डेब्ट फण्डको १०.७३ रुपैयाँ, एनआइसी एशिया ग्रोथ फण्डको १०.६९ रुपैयाँ, सानिमा ग्रोथ फण्डको १०.६९ रुपैयाँ, कुमारी धनबृद्धि योजनाको १०.६३ रुपैयाँ, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको १०.६३ रुपैयाँ र प्रभु सेलेक्ट फण्डको १०.६२ रुपैयाँ छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सबैभन्दा थोरै न्याभ मेगा म्युचुअल फण्ड–१ को ८।५६ रुपैयाँ छ । यसका साथै एनएमबी सरल बचत फण्ड–ई को ८.८८ रुपैयाँ, नबिल ब्यालेन्स्ड फण्ड–३ को ८.९७ रुपैयाँ र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको ८.९८ रुपैयाँ छ ।  

२८ वटा म्युचुअल फण्ड घाटामा  

वैशाख महिनामा ४४ मध्ये २८ वटा म्युचुअल फण्डले घाटा ब्यहोरेका छन् । नाफामा रहेका १६ वटा म्युअुल फण्डको पनि चैत महिनाको तुलनामा नाफा भारी घटेको छ ।  

वैशाखमा सबैभन्दा बढी नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले सो महिनामा ७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ, तर फण्डको यो नाफा चैत महिनाको तुलनामा २१.९३ कम हो । चैत महिनामा उक्त फण्डले ९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्डले पनि ५ करोड ३३ लाख रुपैयाँ नापाm कमाएर दोस्रो स्थान हासिल गरेको छ । तर फण्डको पनि यो नाफा चैतको तुलनामा १.८२ प्रतिशत कम हो । चैतमा उक्त फण्डले ५ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै हिमालयन ८०–२० ले ४ अर्ब ५९ करोड, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ४ करोड, आरबीबी म्युचुअल फण्डले २ अर्ब ८३ करोड र सानिमा ग्रोथ फण्डले २ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ ।  

वैशाख महिनामा सबैभन्दा बढी धेरै घाटा ब्यहोर्ने फण्डमा लक्ष्मी इक्विटी फण्ड रहेको छ । फण्डले १८ करोड ८४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । यसका साथै सनराइज ब्लुचिप फण्डले १७ करोड ४६ लाख, एनएमबी सरल बचत–ई ले ९ करोड ३० लाख, सिद्धार्थ इक्विटी फण्डले ९ करोड १२ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले ६ करोड ८९ लाख र सानिमा इक्विटी फण्डले ६ करोड ६५ लाख रुपैयाँसम्म घाटा व्यहोरेको छ ।  

सेयर बजारमा लगानी घटाउँदै म्युचुअल फण्ड

चैत महिनाको तुलनामा वैशाखमा अधिकांश म्युचुअल फण्डले सेयरबजारमा लगानी घटाएका छन् । वैशाखमा ४४ फण्डले सूचीकृत सेयरमा कुल ३० अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् ।  

यो लगानी चैत महिनाको तुलनामा ०.५२ प्रतिशतले कम हो । चैतमा सो फण्डहरुले ३० अर्ब ६३ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेका थिए ।  

वैशाख महिनामा १३ वटा म्युचुअल फण्डले मात्रै सेयरबजारमा लगानी बढाएका छन् भने बाँकी ३१ वटा फण्डको लगानी भने घटेको छ ।  

वैशाखमा सबैभन्दा धेरै सूचीकृत सेयरमा लगानी गर्ने फण्डमा एनआइबीएल सहभागिता फण्ड रहेको छ । फण्डले १ अर्ब ७० करोड रुपैयाँ सूचीकृत सेयरबजारमा लगानी गरेको छ । यो लगानी २।१७ प्रतिशतले कम हो । चैतमा सो फण्डको लगानी १ अर्ब ७४ करोड रुपैयाँ थियो ।  

यसका साथै दोस्रोमा एनएमबी सरल बचत फण्ड–ई को लगानी १ अर्ब ४५ करोड रुपैयाँ छ । चैत महिनामा उक्त फण्डको सेयरबजारमा लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो । फण्डले भने ४.२९ प्रतिशतले लगानी बढाएको छ ।  

त्यस्त, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ । फण्डले पनि ०.४८ प्रतिशतले लगानी बढाएको छ । चैत महिनामा उक्त फण्डको लगानी १ अर्ब १६ करोड ५ लाख रुपैयाँ लगानी रहेको थियो ।  

वैशाखमा सबैभन्दा बढी लगानी वृद्धि गर्नेमा कुमारी सबल योजना रहेको छ । फण्डले चैतको तुलनामा वैशाखमा ५५.११ प्रतिशतले लगानी बढाएको छ । फण्डले १४ करोड ३५ लाख रुपैयाँको लगानी वैशाखमा २२ करोड २६ लाख रुपैयाँ पुर्याएको छ ।  

त्यस्तै, सबैभन्दा बढी लगानी घटाउनेमा भने एनआइसी एशिया डायनामिक डेब्ट फण्ड रहेको छ । फण्डले चैत महिनाको तुलनामा ५.०१ प्रतिशतले लगानी घटाएको छ । चैतमा २० करोड ९९ लाख रुपैयाँ रहेको लगानी वैशाखमा घटेर १९ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.