काठमाण्डौ । बजेट पहिले २११३ को विन्दुमा रहेको बजार हाल २०८० आसपास रुमल्लिएको छ । बजेटपछि बजार एकपटक २०६६ सम्म आएर सामान्य अंकले मात्रै तल माथि मात्रै गरेको छ । यसबीचमा बजार २०६५ सम्म तल आयो भने २०९० भन्दा माथि पनि जान सकेको छैन ।
प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा हाल बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २०९० मा बजारले पटक–पटक प्रतिरोधको सामाना गरेको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी घटेको छ । आजको बजारको अन्तिम समयमा भोल्युमसहित बाजरमा केही सुधार आएको छ । म्याक्डीमा पनि सिग्नल लाइन र एमएसीडी लाइनमा बुलिसक्रसको नजिक रहेको देखिन्छ ।
हिस्टोग्राम छोटाछोटा हुँदै गएका छन् । आरएसआई पनि न्यूट्रल जोन ५० भन्दा माथि जान सकेको छैन् । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा साइडवेज चलेको देखिन्छ । हालको बजारलाई डाउ थेउरीबाट नियाल्दा हायर–हाई र हायर लो बनाउँदै चलेको देखिन्छ । हालको करेक्सन बजारले एउटा हायर लो बनाउन खसेको हुन सक्छ ।
इलिअट वेभमार्फत नियाल्दा पनि बजार हाल सानो समय अवधिको वेभ ४ मा चलेको हुन सक्छ । वेभ ४ को करेक्सन पाय ः ०.३८ प्रतिशत देखि ०.५ सम्म हुने गर्छ । जुन अहिले चलिरहेको देखिन्छ । यहाँ सम्हालिएको बजार अब पाँचौ वेभ चल्दा अघिल्लो प्रतिरोध २२ भन्दा माथि एकपटक प्ुगे पछि मात्रै करेक्सन आउन सक्छ ।जसलाई हालको ४ अर्बमाथिको भोल्युमले पनि पुष्टि गर्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।