शुक्रबार, कार्तिक २,२०८१ 01:54:29
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 01:54:29
IME remit
Global IME Bank Limited

कच्चा पदार्थ गेडागुडी, धान र गहुँ आयातमा लगाइएको आयकर खारेज गर्न माग

Hyundai Nepal
कच्चा पदार्थ गेडागुडी, धान र गहुँ आयातमा लगाइएको आयकर खारेज गर्न माग
Nabil Bank Limited

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत लगाएको दाल, चामल र मैदा उद्योगका लागि आवश्यक कच्चा पदार्थ कच्चा दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम आयकर खारेज गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।  बुधबार नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल मैदा उद्योग संघले काठमाण्डौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।  

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कच्चा दाल गेडागुडीमा १० प्रतिशत, धान आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको छ । साथै मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा २.५ प्रतिशत आयकर लगाएको हो ।  

औद्योगीक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा तयारीको तुलनामा कम्तिमा पनि १ तहको भन्सार दर फरक हुन्छ भनी अर्थले बजेटमा भनीरहंदा बिगत ५ बर्षदेखी १ तहको सुबिधा खोजिरहेका नेपाल चामल तेल दाल उद्योग संघले जनाएको छ । तर यसको बिपरित तयारी दाल र कच्चा पदार्थ आयातमा समान १० प्रतिशत यथावत रहेको र सोमा थप १० प्रतिशत अग्रिम आयकरको भार थप हुदा दाल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको संघको ठम्म्याई छ ।  

Bizshala
Shivam Cement
CG Motors

औद्योगीक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ (धान) मा यस आर्थिक विधेयक २०८१ मा २.५ प्रतिशत अग्रीम आयकर लागेको छ । जसले गर्दा धान आयात गरी चामल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको र भारत बाट आयात हुने तयारी धान र व्यापारीहरु बाट आयात हुने तयारी चामल दुबैको भंन्सार महसु्ल र अग्रीम आयकर करिव करिव वरावर नै हुन जाने संघले जनाएको छ । यसले स्वदेशी चामल उद्योग धारासाही हुने अवस्था सिर्जना भएको संघले चेतावनी दिएको छ ।  

अतिरिक्त महसुलले चामल र दालको मुल्य बढ्ने र यसले मुद्रास्फिर्तिमा प्रत्यक्ष असर पर्ने, अबैध आयातलाई प्रोत्साहन मिल्ने र राज्यको राजश्वमा नकारात्मक असर पर्ने, अरबौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर गर्ने, स्वदेशी दाल, चामल उद्योग बन्द हुंदा आयातित दाल चामलमा भर पर्नु पर्ने र उपभोक्ताले गुणस्तरिय दाल चामल खान नपाउने संघले उल्लख गरेको छ ।  

संघका अनुसार स्वदेशी दाल तथा चामल उद्योगले क्रमश १०% र २.५० प्रतिशत अग्रिम आएकर थेग्न नसक्ने हुंदा स्वदेशी उद्योग बन्द हुने निश्चित देखिन्छ । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.