सोमबार, असार २३,२०८२ 01:53:01
  • सोमबार, असार २३,२०८२ 01:53:01
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तको ५ औं साधारण सभा सम्पन्न

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तको ५ औं साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ५ औँ वार्षिक साधारण सभा आज पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा सम्पन्न भएको हो।  

उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ।  

सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।  

सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.