मंगलवार, आश्विन १३,२०८३ 10:19:45
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 10:19:45
Bizshala
Global IME Bank Limited

आज काठमाण्डौ उपत्यकाको तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने, मनसुन भित्रन अझै केहि समय लाग्ने

Bizshala
आज काठमाण्डौ उपत्यकाको तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने, मनसुन भित्रन अझै केहि समय लाग्ने
New Office

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो ।  

विभागका अनुसार काठमाण्डौ उपत्यकामा मनसुन भित्रन भने अझे केहि समय लाग्ने भएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत  बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.