सोमबार, असार २३,२०८२ 09:05:58
  • सोमबार, असार २३,२०८२ 09:05:58
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो नेप्से,‘लचिलो मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता’

Hyundai Nepal
लगातार ३ दिन बढ्यो नेप्से,‘लचिलो मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ६.३७ अंकले बढेर २ हजार १२१.६२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले बढेर ३७४.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।यससँगै बजार लगातार तीन दिनसम्म बढेको छ । 

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, ‘बजारमा न्यून विन्दुमा भएकाले सुधार आईरहेको छ । बजारले गति नै लिन भने सरकार र राष्ट्र बैंकले नीतिगत सुधार गर्नैपर्छ । यद्यपी घट्दो ब्याजदर, लचक मौद्रिक नीतिको अपेक्षा र गर्भनरको बहिर्गमनको समय नजिकिदै जाँदा बजारमा सुधार आएको छ । ’

अहिले वित्तीय संस्थाहरुले सेयर खरिद बढाएकाले बजारमा सुधार आएको फुल्लेल बताउँछन् ।  

अर्का बजार जानकार कविराज तिमिल्सिनाले पनि तरलता सहज बन्दै जाँदा,ब्याजदर घट्दै जाँदा र लचक मौद्रिक नीति आउन सक्ने अपेक्षाले विस्तारै लगानीकर्ताको मनोबल बलियो बनिरहेकाले बजारमा सुधार आएको हो ।    

CG Motors
Muktinath Bikas Bank Limited

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ९ वटा समूहमा हरियाली छायो भने अन्य ४ वटा समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज १.०७ प्रतिशतले बढ्यो । आज बैंकिङ समूह ०.८३ प्रतिशत, विकास बैंक ०.११, लगानी ०.१२,जीवन बीमा ०.१७,उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.८८,म्युचुअल फण्ड ०.३३ र अन्य समूह ०.३४ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ६३ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज सिईडिबि हाईड्रोको २४ करोड ४८ लाख,ग्रिन लाइफ हाईड्रोपावरको १९ करोड ९५ लाख,माउन्टेन इनर्जीको १४ करोड ३० लाख र सोनापुर मिनरल्सको १४ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएकामध्ये ४ वटा कम्पनीको सेयरमूल्यमा सकाराच्मक सर्किट लाग्यो । आज समृद्धि फाइनान्स,मिड सोलु हाईड्रो,साधना लघुवित्त र ग्रिनलाइफ हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीकोहरुको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो ।  

यो दिन गणपति लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशत,मनकामना स्मार्ट लघुवित्तको ८.०१,महुली लघुवित्तको ७.८७ र अपर हेवाखोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.४४ प्रतिशतले बढ्यो ।  

आज सयपत्री हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.४८ प्रतिशतले घट्यो । साथै आज इष्टर्न हाईड्रोको सेयरमूल्य ४.४६ प्रतिशत,तेह्रथुम पावरको ४.३८ प्रतिशत,पोखरा फाइनान्सको ४.१९ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ३.९६ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.