शुक्रबार, श्रावण २२,२०८३ 08:09:53
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:09:53
Bizshala
Global IME Bank Limited

बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो

बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो
New Office

काठमाण्डौ ।  बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको हो । बंगलादेशका सञ्चार माध्यमका अनुसार सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ ।  

क्याबिनेट डिभिजनका सचिव महमुदु्ल हुसेनले नेपालले प्रति युनिट ०.६४० डलर प्राप्त गर्ने र भारतीय प्रसारणलाइनको प्रयोग गरेबापत भारतलाई प्रतियुनिट ०.०५९५ रुपैयाँ शुल्क तिर्नुपर्ने बताएका छन् । यद्यपी उनले भारतले प्राप्त गर्ने ट्रान्समिशन चार्जका बारेमा भने बैठकमा निर्णय नभएको बताएका छन् ।  

बंगलादेशको पावर डिभिजनका अधिकारीहरुले बंगलादेशले नेपाललाई प्रति युनिट ०.६९७ डलर (८.१७ टका) तिर्ने र यसमा विद्युतको मूल्य,ट्रान्समिशन चार्ज र ट्रेड मार्जिन पनि समावेश हुने बताएका छन् । तर ट्रान्समिशन चार्ज भने बेला–बेला परिवर्तन भईरहने छ ।  

नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड(बीपीडीपी)बीचको त्रिपक्षिय सम्झौतामा नेपालले ५ वर्षका लागि बंगलादेशमा प्रतियुनिट ०.७०० डलरमा ४० मेगावाट विद्युत आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । जसमा बंगलादेशले प्रतियुनिट ०.५०० डलर तिर्न इच्छुक रहेको जनाएको थियो ।  

भारतको अडाणी पावर प्लान्ट र बंगलादेशको निजी पावर प्लान्टबाट आपूर्ति भईरहेको विद्युतका लागि बीपीडीपीले तिर्दे आएको बिजुलीको मूल्यभन्दा नेपालबाट सहमति भएको विद्युत आयातको मूल्य कम भएको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।  

बीपीडीपीको आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदन अनुसार अडाणीको कोइलाबाट चल्ने गोड्डा पावर प्लान्टको प्रतियुनिट विद्युतको मूल्य १४.०२ टका, स्वतन्त्र पावर प्लान्टको १४.६२ टका र भाडाको पावर प्लान्टको १२.५२ टका रहेको थियो ।  

टकाको अवमूल्यनका कारण विगत एक वर्षयता विद्युत् खरिद मूल्य बढेको बंगालदेशका विद्युत महाशाखाका अधिकारीले बताएका छन् ।  

महमुदु्लले नेपालबाट पहिलो पटक हुन लागेको विद्युत आयातले ग्यास र कोइलाबाट चल्ने ऊर्जा मिश्रणमा हरित ऊर्जाको अंश बढाउने बंगलादेशको प्रतिबद्धतालाई बढावा दिने बताए । बंगलादेशले नेपालबाट ५०० मेगावाट विद्युत खरिद गर्न इच्छुक रहेको बंगलादेशका सञ्चार माध्यमले बताएका छन् ।  

बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.