सोमबार, असार २३,२०८२ 08:16:00
  • सोमबार, असार २३,२०८२ 08:16:00
Global IME Bank Limited

सेबोनको अध्यक्षको अन्तर्वार्ता दिन दुई जना मात्रै गए,के हुन्छ छनौट प्रक्रिया ?

Hyundai Nepal
सेबोनको अध्यक्षको अन्तर्वार्ता दिन दुई जना मात्रै गए,के हुन्छ छनौट प्रक्रिया ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि अर्थमन्त्रालयले कार्ययोजना प्रस्तुत गर्न बोलाएका ५ जनामध्ये २ जना मात्रै अन्तवार्ताका लागि गएका छन् ।  

आज बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका हुन् । श्रोतका अनुसार सर्टलिस्टमा परेका अन्य ३ जनाले छनौट प्रक्रिया बहिष्कार गरेका छन् । 

अन्तवार्ताका लागि नजानेमा डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई रहेका छन् । यस विषयमा ३ जनासँग बुझ्न खोज्दा ३ नै जनालाई सम्पर्क हुन सकेन । तीनै जनाको मोबाइल स्विच अफ अवस्थामा छ ।  

सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.  नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

CG Motors
Muktinath Bikas Bank Limited

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि सिफारिस समितिले ३ जनाको नाम मन्त्रीपरिषदलाई पठाउने र ती तीनमध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था रहेको छ ।  

तर अब ३ जना अन्तवार्ताका लागि अनुपस्थित भएपछि अब अगाडिको प्रक्रिया के हुन्छ भन्ने अन्यौलता छाएको छ । अन्तवार्ताका लागि उपस्थित भएकाहरु एक समूहका हुन भने अनुपस्थित भएकाहरु अन्य समूहका हुन् । दुवै समूहले आ–आफ्ना नजिकका व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउन तीव्र कसरत गरेपछि अहिलेको अवस्था सिर्जना भएको श्रोतले दाबी गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.