सोमबार, माघ २६,२०८२ 03:57:26
Bizshala
  • सोमबार, माघ २६,२०८२ 03:57:26
Bizshala
Global IME Bank Limited
Bizshala

नेप्सेमा झिनो अंकको सुधार, ‘नकारात्मक विषयका कारण बजार साइडवेजमा’

नेप्सेमा झिनो अंकको सुधार, ‘नकारात्मक विषयका कारण बजार साइडवेजमा’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले बढेर ३६७.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘बजार माथिल्लो स्तरमा नै साइडवेजमा चलेको छ । बजारमा करको विषय जस्तो नकारात्मक समाचार आउँदा लगानीकर्ताको मनोबल गिरेको छ । धितोपत्र बोर्डको अध्यक्षको नियुक्तीमा भईरहेको ढिलासुस्तीले पनि बजार प्रभावित भएको देखिन्छ ।’

पौडेलले आफ्नो १५÷२० वर्षे अनुभवमा बजार र ब्याजदर एकैपटक घटेको अनौठो घटना देखिरहेको बताए ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्नु र राष्ट्र बैंकको. नीतिमा फेरबदल हुन नसक्नु जस्ता विषयले लगानीकर्ताको मनोबल खस्कदा सेयर बजार माथि  जान सकिरहेको छैन ।’ उनले यसलाई सरकारको नालायकीपनको संज्ञा दिए ।  

Bizshala
Garima Development Bank
New Office

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा मात्रै हरियाली छायो । आज वित्त समूहमा चमक देखियो । यो समूह सबैभन्दा धेरै अर्थात २.६२ प्रतिशतले बढ्यो । साथै, बैंकिङ समूह ०.१४ प्रतिशत,हाईड्रो ०.३२,लघुवित्त ०.१४,निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.१६ प्रतिशतले बढ्यो ।

यो दिन व्यापार समूहमा सर्वाधिक गिरावट आयो । व्यापार समूह आज १.३२ प्रतिशतले घट्यो । आज विकास बैंक समूह ०.१२ प्रतिशत,होटल ०.३६,लगानी ०.१८,जीवन बीमा ०.१३,उत्पादन तथा प्रशोधन ०.४३ र म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै आज गोर्खाज फाइनान्सको ९ करोड ५४ लाख,ग्लोबल आइएमई लघुवित्तको ७ करोड ८५ लाख,सिईडिबि हाईड्रोको ७ करोड ६१ लाख र हिमालयन लघुवित्तको ७ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेपाल फाइनान्स र समाज लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । आज मन्दाकिनी हाईड्रोको सेयरमूल्य ८.२८ प्रतिशत,सामलिङ पावरको ८.०८ र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ७.३४ प्रतिशतले बढ्यो ।  

आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.८८ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.