बिहीबार, श्रावण १५,२०८२ 04:28:39
  • बिहीबार, श्रावण १५,२०८२ 04:28:39
Global IME Bank Limited

भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै

Hyundai Nepal
भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै
Shivam Cement

काठमाण्डौ । भारतको बढ्दो अर्थतन्त्रप्रति अन्तराष्ट्रिय बीमा कम्पनीहरु आकर्षित हुन थालेका छन् । निकट भविष्यमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अधिक सम्भावना,सबैभन्दा ठूलो काम गर्ने उमेरको जनसंख्या,उदाउँदो अर्थतन्त्रमध्ये सबैभन्दा धेरै मध्यम वर्ग भएको देश र बीमाको बढ्दो बजारका कारण भारत अन्तराष्ट्रिय बीमा कम्पनीहरुको नजरमा पर्न थालेको हो ।  

यस्तोमा स्विट्जरल्याण्डको अग्रेणी बीमा कम्पनीले ज्यूरिख रिले भारतमा ४० प्रतिशत कर्मचारी वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ । भारतको कोटाक महिन्द्रा बैंकको जनरल इन्स्योरेन्स युनिटलाई समाहित गरेको कम्पनीले आगामी ३ वर्षभित्र ६ सय कर्मचारी थप्ने योजना बनाएको हो ।  

‘ज्यूरिख रि भारतजस्तो महत्वपूर्ण र आकर्षक बजारमा व्यवसाय विस्तार गर्न आतुर छ’, कम्पनीको एशिया प्यासेफिकका सीईओ तुलसी नाइडुले भनिन् । भारतमा व्यवसायिक,साना तथा मझौला  व्यवसाय,एस्स्योरेन्स,अटो र जनरल इन्स्योरेन्स क्षेत्रमा वृद्धिको सम्भावना रहेको उनले बताइन् । नाइडु भन्छिन्,‘भारतको जनरल इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्नेदर बाँकी विश्वको तुलनामा एक चौथाई रहेको छ । हामीले यहाँ डिजिटल प्रविधिको विकाससँगै बीमाको सहज पहुँच देखेका छौं ।’

Muktinath Bikas Bank Limited

ज्यूरिख रिले ६६६ मिलियन डलरमा कोटक जनरल इन्स्योरेन्स कम्पनीको ७० प्रतिशत स्वामित्व खरिद गरेको छ । अन्तराष्ट्रिय बीमकहरुका लागि सन् २०२१ मा निर्धारण गरिएको लगानीको सीमा हटाइएपछि गत साता ज्यूरिख रि भारत प्रवेश गर्ने पहिलो विदेशी बीमा कम्पनी बनेको थियो ।  

अहिले भारतमा कम्पनीका १५ सय कर्मचारी कार्यरत छन् । कम्पनीले आगामी दिनमा डिजिटल विकास,व्यवसायिक बीमा अन्डरराईटिङ तथा वितरण र प्रडक्ट विकास जस्ता क्षेत्रमा कर्मचारी थप गर्ने योजना बनाएको छ । ज्यूरिख रि एशिया प्यासेफिक क्षेत्रका ८ वटा बजारमा सक्रिय रहेको छ । सन् २०२३ मा कम्पनीले यो क्षेत्रबाट ३.६ बिलियन डलरबारबरको जनरल इन्स्योरेन्स व्यवसाय र २.९ बिलियन डलरबराबरको जीवन बीमा प्रिमियम संकलन गरेको थियो । एशिया प्यासेफिक क्षेत्रमा कम्पनीको सञ्चालन मुनाफा ५६५ मिलियन डलर रहेको छ । –एजेन्सी  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.