शनिबार, असार १४,२०८२ 07:34:09
  • शनिबार, असार १४,२०८२ 07:34:09
Global IME Bank Limited

आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै

Hyundai Nepal
आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै
Nabil Bank Limited

काठमाण्डौं । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले अमेरिकालाई विश्वको पहिलो आणविक बम(एटम बम)बनाउन प्रोत्साहन गर्दै लेखेको पत्र लिलामी हुने भएको छ । आइन्स्टाइनले तत्कालिन अमेरिकी राष्ट्रपति फ्रयांकलिन डी रुवबेल्टलाई सन् १९३९ मा जर्मनका नाजीले यस्तो हतियार बनाउन सक्ने चेतावनी दिदै अमेरिकाले आफ्नो आणविक कार्यक्रम सुरु गर्नुपर्ने भन्दै पत्र लेखेका थिए ।  

आइन्स्टाइनले पत्र लेखेको ३ वर्षपछि अमेरिकाले म्यानहाटन प्रोजेक्ट सुरु गरेको थियो । जसअन्तर्गत निर्माण भएको पहिलो आणविक हतियारले सन् १९४५ मा जापानमाथि आक्रमण गरिएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो पत्र सन् २०१८ मा ६५ वर्षको उमेरमा निधन भएका माइक्रोसफ्टका सह–संस्थापक पउल एलेनको स्वामित्वका संग्रहित वस्तुहरुको रुपमा बिक्री गर्न लागिएको हो । उनीसँग जोडिएका व्यक्तिगत वस्तुहरु न्यूयोर्कमा आगामी सेप्टेम्बर महिनामा बिक्री गरिनेछ । तर मुख्य आकर्षणको केन्द्र भने आइन्स्टाइनले लेखेको पत्र हुनेछ ।  

जसको अनुमानित मूल्य ४ देखि ६ मिलियन डलर हुने जनाइएको छ । यो पत्र वास्तवमा हंगेरीका भौतिकशास्त्री लियो सिजीलार्डले अन्य वैज्ञानिकको सहयोगमा लेखेका थिए । तर यसमा हस्ताक्षर भने आइन्स्टाइनले गरेको थिए । आइन्स्टाइन सर्वकालिन महान वैज्ञानिक भएकाले उनको हस्ताक्षरले राष्ट्रपतिको ध्यान तान्न सक्ने भएकाले यसो गरिएको थियो । -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.