शनिबार, श्रावण ३०,२०८३ 01:07:54
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 01:07:54
Bizshala
Global IME Bank Limited

आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै

Prabhu Bank Limited
आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै
New Office

काठमाण्डौं । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले अमेरिकालाई विश्वको पहिलो आणविक बम(एटम बम)बनाउन प्रोत्साहन गर्दै लेखेको पत्र लिलामी हुने भएको छ । आइन्स्टाइनले तत्कालिन अमेरिकी राष्ट्रपति फ्रयांकलिन डी रुवबेल्टलाई सन् १९३९ मा जर्मनका नाजीले यस्तो हतियार बनाउन सक्ने चेतावनी दिदै अमेरिकाले आफ्नो आणविक कार्यक्रम सुरु गर्नुपर्ने भन्दै पत्र लेखेका थिए ।  

आइन्स्टाइनले पत्र लेखेको ३ वर्षपछि अमेरिकाले म्यानहाटन प्रोजेक्ट सुरु गरेको थियो । जसअन्तर्गत निर्माण भएको पहिलो आणविक हतियारले सन् १९४५ मा जापानमाथि आक्रमण गरिएको थियो ।  

CG Motors

यो पत्र सन् २०१८ मा ६५ वर्षको उमेरमा निधन भएका माइक्रोसफ्टका सह–संस्थापक पउल एलेनको स्वामित्वका संग्रहित वस्तुहरुको रुपमा बिक्री गर्न लागिएको हो । उनीसँग जोडिएका व्यक्तिगत वस्तुहरु न्यूयोर्कमा आगामी सेप्टेम्बर महिनामा बिक्री गरिनेछ । तर मुख्य आकर्षणको केन्द्र भने आइन्स्टाइनले लेखेको पत्र हुनेछ ।  

जसको अनुमानित मूल्य ४ देखि ६ मिलियन डलर हुने जनाइएको छ । यो पत्र वास्तवमा हंगेरीका भौतिकशास्त्री लियो सिजीलार्डले अन्य वैज्ञानिकको सहयोगमा लेखेका थिए । तर यसमा हस्ताक्षर भने आइन्स्टाइनले गरेको थिए । आइन्स्टाइन सर्वकालिन महान वैज्ञानिक भएकाले उनको हस्ताक्षरले राष्ट्रपतिको ध्यान तान्न सक्ने भएकाले यसो गरिएको थियो । -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.