बिहीबार, असार १८,२०८३ 03:57:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:57:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेतो वा खैरो : कुन अण्डा हुन्छ स्वास्थ्यका लागि लाभदायक ?

Laxmi Sunrise Bank Limited
सेतो वा खैरो : कुन अण्डा हुन्छ स्वास्थ्यका लागि लाभदायक ?

काठमाण्डौ । यदि तपाइँलाई अण्डाहरू मनपर्छ भने, तपाइँले पक्कैपनि सेतो अन्डा राम्रो कि खैरो अन्डा भन्ने बहसको बारेमा सुन्नुभएको हुन सक्छ। यी दुईको तुलना गर्दा मानिसहरु प्रायः प्रश्न उठाउँछन् कि कुन अण्डा बढी पौष्टिक हुन्छ, सेतो वा खैरो ?

बजारमा सेतो अण्डाको तुलनामा खैरो अण्डा महँगो हुने भएकाले यो प्रश्न आम मानिसका लागि कौतुहलताको विषय बनेको हुनसक्छ । धेरैजसो मानिसहरुले खैरो अण्डा अर्गानिक हुने भएकाले सेतो अण्डाभन्दा बढी पौष्टिक हुने विश्वास गर्छन् भने धेरैले यसलाई स्वादसँग पनि जोड्छन् । खैरो अण्डा स्वादिलो हुने र स्वास्थ्यका लागि बढी फाइदाजनक हुने यस्ता व्यक्तिहरुको विश्वास छ ।  

यी दाबी र मान्यतामा कत्तिको सत्यता छ त ?

अण्डाको रंग के मा निर्भर हुन्छ ?

खैरो र सेतो दुवै अण्डा बजारमा सजिलै पाइन्छ, तर महत्त्वपूर्ण प्रश्न यो हो कि यसको रंग किन फरक हुन्छ ? के यसको मतलब तिनीहरू बीचको पोषणमा भिन्नता छ ?

विज्ञहरूका अनुसार अण्डाको छालाको रंग कुखुराको नस्लमा मात्र भर पर्छ। अमेरिकी पत्रिका ‘फुड एन्ड वाइन’ मा प्रकाशित रिपोर्टका अनुसार सामान्यतया सेतो प्वाँख र सेतो कान भएका कुखुराले सेतो अण्डा दिन्छन् भने रातो प्वाँख र रातो कान भएका कुखुराले खैरो अण्डा दिन्छन्।

New Office
CG Motors
Garima Development Bank

युनिभर्सिटी अफ मेरिल्याण्डका पोल्ट्री विज्ञ र एक्सटेन्सन विशेषज्ञ डा. जोनाथन मोइलका अनुसार, अण्डाको बाहिरि भागको रंग नस्लले निर्धारण गर्छ। यो पूर्णतया आनुवंशिक हुन्छ। युसी डेभिस विश्वविद्यालयका पोल्ट्री अनुसन्धानकर्ता डा. रिचर्ड ब्लाचफोर्ड भन्छन्, ‘धेरै जसो अण्डाको आधार रङ सेतो हुन्छ। तर जब अण्डा कुखुराको प्रजनन प्रणालीबाट जान्छ, केही नस्लहरूले यसमा रङ्गको तह जम्मा गर्दछ, जसले अण्डाको छालाको रंग परिवर्तन गर्दछ।’

अर्थात्, अण्डाको बाहिरी रंग कुखुराको आनुवंशिक विशेषताहरूद्वारा निर्धारण गरिन्छ। यसबाहेक कुखुराका केही जातले नीलो वा हरियो रंगको अण्डा पनि दिन्छन्, तर यो पनि तिनीहरूको आनुवंशिक कारणले मात्र हुन्छ।

अमेरिकी कृषि विभाग (युएसडीए) ले पोषण स्तरमा खैरो र सेतो अण्डाको बीचमा कुनै महत्त्वपूर्ण भिन्नता नभएको बताएको छ। स्वास्थ्यसम्बन्धी जानकारी दिने वेबसाइट मेडिकल न्यूज टुडेका अनुसार ‘दुवै रंगको अण्डामा प्रोटिन, भिटामिन (ए, डी, बी१२) र मिनरल्स लगभग बराबर मात्रामा पाइन्छ। यद्यपि, फ्री–रेन्ज र ओमेगा–३ समृद्ध अण्डामा भिटामिन डी र ओमेगा–३ फ्याटी एसिडको मात्रा बढी हुन सक्छ।

युएसडीएका अनुसार, अण्डाको आकारले रंग भन्दा बढी उनीहरूको पोषणलाई असर गर्छ। युएसडीएले एक सामान्य भन्दा ठूलो आकारको अण्डामा लगभग ९० क्यालोरी र ८ ग्राम प्रोटीन हुने र एक मध्यम अण्डामा लगभग ६० क्यालोरी र ६ ग्राम प्रोटीन हुने जनाएको छ । अमेरिकी संस्था युनाइटेड स्टेट्स नेशनल लाइब्रेरी अफ मेडिसिन (एनएलए) ले गरेको एक अध्ययनमा खुला ठाउँमा घुम्ने कुखुराको अण्डामा घाम लाग्ने भएकाले भिटामिन डीको मात्रा बढी हुने गरेको पाइएको छ ।

स्वादमा पनि फरकपन हुन्छ ?

कतिपयले खैरो अण्डाको स्वाद फरक हुने बताउँछन् भने कतिपयले सेतो अण्डा मन पराउँछन् । अमेरिकी मिडिया संगठन हेल्थलाइनको एक रिपोर्टमा भनिएको छ, ‘पोषक तत्व जस्तै सेतो र खैरो अण्डाको स्वादमा खासै भिन्नता हुँदैन। तर, यसको मतलब सबै अण्डाको स्वाद एउटै हो भन्ने होइन।’  

प्रतिवेदनमा भनिएको छ, ‘कुखुराको नस्ल, दानाको प्रकार, अण्डाको ताजापन र खाना पकाउने विधि लगायतका अन्य कारणले अण्डाको स्वादलाई असर गर्छ। घरमा पाल्ने कुखुराको आहार परम्परागत रूपमा पाल्ने कुखुराको आहारजस्तो हुँदैन, जसले गर्दा अण्डाको स्वादमा पनि असर पर्न सक्छ।’

कुन अण्डा छनौट गर्ने ?

धेरैजसो मानिसहरूले सेतो अण्डाको तुलनामा खैरो अण्डा अर्गानिक भएको दाबी गर्छन्। यद्यपि, अमेरिकन एग बोर्डका सञ्चार निर्देशक मार्क ड्रेसनरले यो दाबीलाई अस्वीकार गर्छन्।

उनी भन्छन्, ‘खैरो रंगको अण्डा बढी स्वस्थ वा प्राकृतिकु मानिन्छ, तर त्यस्तो होइन। सबै अण्डा स्वस्थ हुन्छन्। अर्गानिक अण्डा सेतो र खैरो दुवै हुन सक्छन्, तर सबै खैरो अण्डा अर्गानिक हुन्छन् भन्ने सोच्नु गलत हो।’

समग्रमा, रंगमा केन्द्रीत हुनुको सट्टा, मानिसहरूले अण्डा किन्दा तिनीहरूको ताजापन र गुणस्तरमा ध्यान दिनुपर्छ। यसबाहेक अण्डा किन्दा यी कुरामा ध्यान दिनुहोस्ः

–सफा र नफुटेको अण्डा छान्नुहोस्

–म्याद सकिएको अण्डा किन्नु हुँदैन  

–आफ्नो आवश्यकता र बजेट अनुसार सही साइजको अण्डा छान्नुहोस्

–खरिद गरेपछि, अण्डालाई तुरुन्तै फ्रिजमा राख्नुहोस्

–अण्डा छनोट गर्दा, यसको ताजापन र स्रोतलाई प्राथमिकता दिनुहोस्

–बीबीसीबाट अनुवाद

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.