काठमाण्डौ । चार लगानीकर्ता संघका नेताहरुले चलयमान अर्थतन्त्र बानाउन माग लचक म्रौद्रिक नीति तय गर्न माग गरेका छन् ।
लगानीकर्ता संघहरुद्वारा जारी गरिएको विज्ञप्तिमा अहिलेको अबस्थामा नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति पूँजी बजारमैत्री हुने पर्ने माग गरेका छन् । विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको नीतिकै कारणले अहिले अर्थतन्त्र चलयमान हुन नसकेकाले चलयमान बनाउने नीति अबलम्बन नगरेमा लगानीकर्ता गर वा मरको अबस्थामा हुने उल्लेख छ ।
यस्तो अबस्थामा लगानीकर्ताहरुले पुन: सडक तताउनुको विकल्प नरहेको पनि जनरल इ्रन्भेष्टर्स एशोशिएसन,नेपाल सेयरधनी संघ,नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।