काठमाण्डौ । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२ गते ५ किमी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उदेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनकाअध्यक्ष राजिव थापाले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्नसक्ने आयोजकले जनाएको छ । विजेताले ५० हजारबराबर को नगद पुरस्कार प्राप्त गर्नेछन् ।
आज काठमाण्डौमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उदेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्नु पर्नेमा जोड दिइन् ।
समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्नपर्ने र सरकारले पनियस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए ।