आईतवार, फाल्गुन ११,२०८१ 03:03:24
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:03:24
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा उठ्यो यस्ता प्रश्न, कम्पनीले जवाफ दिनुपर्ने माग

Hyundai Nepal
रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा उठ्यो यस्ता प्रश्न, कम्पनीले जवाफ दिनुपर्ने माग
Nabil Bank Limited

काठमाण्डौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आम सर्वसाधारण फस्ने भन्दै लगानीकर्ताहरुले प्रश्न उठाएका छन् । लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरणप्रति आशंका जनाउँदै विभिन्न प्रश्न गरेका छन् ।  

लगानीकर्ताले बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नै पर्ने नियम सर्वसाधारणमैत्रि र नेपालको आईपीओको अबधारणा विपरीत भएको आरोप लगाएका छन् । यो व्यवस्थाले सर्वसाधारणलाई आईपीओबाट बन्चित गर्न खोजेको लगानीकर्ताले बताएका छन् । गत साता नेपाल सेयरधनी संघले आयोजना गरेको एक कार्यक्रममा लगानीकर्ता डा. केशव श्रेष्ठले बुक विल्डिङ विधिको विरोध गरेका थिए । ‘यो व्यवस्थाका कारण लगानीकर्ता दोहोरो मारमा परेका छन् । एकातिर सेयरको मूल्य नै  प्रतिकित्ता ८२०.८०  रुपैयाँ रहेको छ । अर्कोतर्फ न्यूनतम ५० कित्ता भर्नु पर्ने नियम छ । यो भनेको लागनीकर्तालाई दोहोर मार हो,’ उनले भने, ‘रिलायन्स स्पिनिङको सेयरको मूल्य बेलुनिङ्ग गरेर ६० लाख सर्वसाधारणको गोजिबाट पैसा निकाल्ने कम्पनीको योजना बुनिएको छ ।’

यस्तै लगानीकर्ताले कम्पनीको ७३ करोड बक्यौता नै तिर्न बाँकी रहेको र यस्तो अवस्थामा कम्पनीले कुनै पनि भवितब्य दायित्वलाई प्रोभिजनिङ नगरिएको आरोप लगाएका छन् । विद्युतको बक्यौता रकमसम्बन्धी कम्पनीले मुद्दा हारेमा कम्पनीले पैसाको जोहो कसरी र कुन स्रोतबाट गर्छ भन्ने लगानीकर्ताले चासो व्यक्त गरेका छन् ।  

यसो भएमा लगानीकर्ताहरुले वर्षौसम्म पनि लाभांश नपाउने लगानीकर्तामा त्रास रहेको छ । लगानीकर्ता प्रकाश रजौरेले कम्पनीले सरासर ३–४ वटा गतल काम गरेको बिजशालासँग बताएका छन् । ‘पहिलो भनेको कम्पनीको प्रतिसेयर आम्दानी नै शंकास्पद देखिएको छ । कम्पनीले १५ प्रतिशत ग्रोथको क्षमता देखाएर आउने वर्षमा ३ हजार भन्दा बढी प्रतिसेयर आम्दानी कसरी देखाउन सक्छ ?’ रजौरेले भने,‘ त्यसैगरि दोस्रो भनेको कम्पनीले भवितब्य दायित्व नदेखाएर नेटवर्थमा पनि खेलेको देखिन्छ ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

साथै, कम्पनीले अचल सम्पतिलाई पूनर्मूल्याँकन गरेर नेटवर्थ बढाएको पनि रजौरेले आरोप लगाए । लगानीकर्ताहरुको उदेश्य कम्पनीहरुलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नबाट रोक्नु नभई नियमसंगत र जालझेलविना आउन दबाव दिनु रहेको उनले बताए ।  

‘यसमा धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई जबाफ दिनुपर्छ । लगानीकर्ताहरुलाई धितोपत्र बोर्डले कम्पनीको अडिटरलाई उपस्थित गराएर पत्रकार सम्मेलनमार्फत जबाफ दिनुपर्छ,’ रजौरेले माग राखे ।  

यसै विषयमा आज मात्रै नेपाल सेयरधनी संघ(अध्यक्ष घनश्याम पाण्डे),नेपाल धितोपत्र लगानीकर्ता संघ(अध्यक्ष प्रकाश रजौरे),जनरल इन्भेष्टर्स एशोसिएसन(दिपक कार्की) र साधारण लगानीकर्ता संघ(अध्यक्ष ऋतुजंग जिसी)ले संयुक्त रुपमा नेपाल चार्टड एकाउन्टेन्ट संस्था, जिल्ला सरकारी वकिलको कार्यलय ,प्रहरी प्रधान कार्यालय र अर्थ मन्त्रालयमा रिलायन्स स्पिनिङ मिल्सको तथ्यांक गलत भएको भन्दै उजुरी हालेका छन् । त्यसैगरि, नेपाल सेयरधनी संघकै एक सदस्यले कम्पनी पब्लिकमा आउने भए पछि सर्वसाधारणले उठाएको पश्नको जाबाफ दिुनु पर्ने पनि माग गरे ।  

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.