काठमाण्डौ । भारतको सेयर बजार लागातार तेस्रो दिन अल टाइम हाईको उचाईको पुगेको छ । भारतको सेयर बजार सेन्सेक्स इन्डेक्स आज कारोबारकै क्रममा ८० हजार ३९२ विन्दुमा पुगेको छ । त्यस्तै निफ्टी५० पनि २४ हजार ४०१ को विन्दुमा पुगेको छ ।
निफ्टी५० मा ५० भन्दा बढी अंकको र सेन्सेक्स इन्डेक्समा २ सयभन्दा बढीको वृद्धि देखिएको छ । आज सेन्सेक्सको ३० मध्ये २१ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आज बैंकिङ,आईटी र उर्जा कम्पनीहरुको सेयरमूल्य सबैभन्दा धेरै वृद्धि देखिएको छ ।
हिजो भारतको सेयर बजारले पहिलोपटक ८० हजार विन्दु पार गरेको थियो ।
भारतको लोकसभा निर्वाचनको मतपरिणामपश्चात पछिल्लो समय भारतको सेयर बजार निरन्तर वृद्धि भईरहेको छ । मोदी पुनः प्रधानमन्त्री बनेपनि लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा उछाल आईरहेको छ ।