बिहीबार, बैशाख ११,२०८२ 07:30:28
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:30:28
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समितिमा उठ्यो प्रश्न,‘महङ्गो मूल्यमा स्वीकृति दिनुको आधार के ?’

Hyundai Nepal
रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समितिमा उठ्यो प्रश्न,‘महङ्गो मूल्यमा स्वीकृति दिनुको आधार के ?’
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा यतिबेला ‘हट केक’को रुपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समतिमा समेत प्रश्न उठेको छ । रिलायन्स स्पिनिङ मिल्सलाई महङ्गो मूल्यमा आईपीओ निष्कासनको अनुमति दिइएको विषयमा आज संसदीय समितिमा प्रश्न उठेको हो ।  

आज बसेको प्रतिनिधि सभाको अर्थ समितिको बेठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले रिलायन्स स्पिनिङ मिल्सको बारेमा प्रश्न उठाएका हुन् । खड्काले धितोपत्र बोर्डले कम्पनीलाई महङ्गो मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिनुको कारण बारे प्रश्न तेर्साएका थिए । अन्य कम्पनीको आईपीओ निष्कासन प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदा रिलायन्स स्पिनिङले मात्रै महङ्गो मूल्य आईपीओ निष्कासनको अनुमति पाएको भन्दै खड्काले विरोध  गरेका थिए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपाल धितोपत्र बोर्डले गत असार १२ गते कम्पनीलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ निष्कासनको अनुमति दिएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणहरुमाथि प्रश्न उठिरहेका छन् । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन प्रयोग गरेबापत ७५ करोड बढी बक्यौता रकम तिर्न बाँकी रहेको कम्पनीमा लगानी जोखिममा पर्ने डरले लगानीकर्ता त्रसित अवस्थामा छन् ।  

यस्तै लगानीकर्ताले नेपालको हालसम्मकै महङ्गो आईपीओ भएकाले यो आम सर्वसाधारणको पहुँचबाट टाढा भएको आरोप लगाएका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.