काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ८२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (4).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                