शनिबार, असार २०,२०८३ 02:53:10
Bizshala
  • शनिबार, असार २०,२०८३ 02:53:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उछाल आउँदा नेप्से २५ महिनाकै उच्च,‘सेयर बजारमैत्री सरकार आउने अपेक्षाले लगानी बढ्दै’

Laxmi Sunrise Bank Limited
उछाल आउँदा नेप्से २५ महिनाकै उच्च,‘सेयर बजारमैत्री सरकार आउने अपेक्षाले लगानी बढ्दै’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.४० प्रतिशत अर्थात ५२.९७ अंकले बढेर २ हजार २५७.५९ विन्दुमा पुगेको छ ।  

यसअघि सन् २०२२ को मे ५ मा नेप्से २२ सय ४६ मा बन्द भएको थियो । यसरी नेप्से परिसूचक २५ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४४ प्रतिशतले बढेर ४०१.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘आज बजारमा बढ्नुमा मुख्यतः३ वटा कारण रहेका छन् । पहिलो भनेको बढ्दो तरलता र घट्दो ब्याजदर हो । कर्जाको ब्याजदर पनि घटिरहेको छ । सेयर बजार र ब्याजदरबीच उल्टो सम्बन्ध हुने भएकाले बजार बढ्न पुगेको हो । अर्को भनेको राजनीतिक कारण पनि हो । एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने र केपी वली प्रधानमन्त्री हुने भईसकेपछि राष्ट्र बैंकसँग पनि सरकारको ट्युनिङ मल्निे भएकाले केहि सहज मौद्रिक नीति आउने अपेक्षा लागनीकर्ताले गरेका छन् ।’

तेस्रो भनेको लगानीकर्ताको मनोविज्ञान बढ्नु जस्ता कारणले बजारमा बढोत्तरी आएको पौडेलले बताए ।  

अर्का बजार जानकार महेश रिजालको विचारमा पनि नयाँ सरकार बन्दै गर्दा राष्ट्र बैंकसँग सरकारको तालमेल मिल्ने र केहि लचक मौद्रिक नीति आउने अपेक्षाका कारण लगानीकर्ताले लगानी बढाउदा बजार बढेको हो ।‘यसका सागै घट्दो ब्जाददरसँगै नयाँ आवमा मुद्दती निक्षेप पनि परिपक्व हुने हुँदा बजारमा पैसा आएका कारण नेप्सेले गति लिएको हो,’ रिजाललले भने । 

   

New Office
CG Motors
Garima Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ३.७४ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज विकास बैंक समूह १.२०, वित्त १.३३,होटल १.०७, लगानी १.३०,जीवन बीमा २.०५,उत्पादन तथा प्रशोधन २.६६,हाईड्रो ३.३०,लघुवित्त ०.८२,म्युचुअल फण्ड १.७४,निर्जीवन बीमा १.२६,अन्य १.९९ र व्यापार समूह २.२१ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड २७ लाख बढीको सेयर कारोबार भयो । साथै आज एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड २७ लाख,नेपाल फाइनान्सको १९ करोड २७ लाख र हिमालयन रि इन्स्योरेन्सको १५ करोड १४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज रिडी हाईड्रोपावर,मान्डु हाईड्रोपावर, जानकी फाइनान्स र हिमाल दोलखा हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

त्यस्तै आज अरुण भ्याली हाईड्रोको सेयरमूल्य ९.३७ प्रतिशत,नेशनल हाईड्रोको ८.८१ र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ८.४९ प्रतिशतले बढ्यो ।  

आज बलेफि हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.१२ प्रतिशतले घट्यो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.