आईतवार, श्रावण २४,२०८३ 02:25:18
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 02:25:18
Bizshala
Global IME Bank Limited

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको यात्रा कता ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको यात्रा कता ?
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बजार करिब ३१ अंकले घटेर बन्द भयो । यो दिन बजारसँगै कारोबार रकममा समेत गिरावट आएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा लामो समय देखि बोलिङगरको मध्य ब्यान्डमा टिकेको बजार आज मध्य ब्यान्डबाट तल खसेको छ ।

 (   हेर्नुहोस एरो  ) यस अघि बजार यो विन्दुमा ८ वटा भन्दा बढी कारोबारमा टिकेर बन्द भएको थियो । यो सँगै आज बजारमा वियरिस मारुबुजु क्यान्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । म्याक्डी मार्फत हेर्दा बजारले यस अघिनै वियरिस क्रसओभर बनाएको छ । 

हिस्टोग्राम पनि बोल्ड र लामा–लामा हुँदै गएका छन् । आरएसआई मार्फत नियाल्दा बजार यस अघि ‘ओभर बट जोन’ ८२ बाट खसेर ४७ को न्युट्रल जोनमा आइपुगेको छ । घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोन ३० भन्दा तल पनि आउन सक्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाव परेको देखिन्छ ।  

अबको यात्रा कता ?

आज बलियो सपोर्ट करिव २०९० बाट तल खसेको बजार २०६७ मा बन्द भएको छ । उप–समूह अन्तगर्त हेर्दा पनि यस अघि राम्रो लय लिएका जलविद्युत र अन्य क्षेत्रमा आज बिक्री दबाव देखिएको छ । प्राविधिक रुपमा अन्य क्षेत्रमा शुटिङ स्टार पछि वियरिस मारुबुजु क्यान्डल बनेको कारण तुरुन्तै नाफा बुक गर्नु पर्ने संकेत देखिएको छ । जलविद्युतमा पनि आज बनेको बनेको  क्यान्डल मध्य ब्यान्डबाट तल खसेको छ । यसले बजारमा आगामी दिनमा पनि थप बिक्री दबाव पर्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिम पुर्ण हुने भएकाले यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.