मंगलवार, श्रावण २६,२०८३ 06:25:56
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:25:56
Bizshala
Global IME Bank Limited

आईएमई लाइफको रेटिङमा सुधार, पायो केयर–एनपीट्रिपल बि प्लस रेटिङ

Prabhu Bank Limited
आईएमई लाइफको रेटिङमा सुधार, पायो केयर–एनपीट्रिपल बि प्लस रेटिङ
New Office

काठमाण्डौ । आईएमई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने जनाउंँछ । 

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गरेको कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष‘केयर–एनपी ट्रिपल बि’रेटिङ प्रदान गरेको थियो।

आव. २०८०/०८१ को अवधिमा आईएमई. लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको जनाएको छ ।

रेटिङ एजेन्सीले आव. २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरे पश्चातको  कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ । जसले गर्दा आव. २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्तापूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X