शनिबार, असार १४,२०८२ 02:42:04
  • शनिबार, असार १४,२०८२ 02:42:04
Global IME Bank Limited

नेशनल लाइफद्वारा साधारण सभा आह्वान , यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
नेशनल लाइफद्वारा साधारण सभा आह्वान , यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३६ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी भदौ ७ गते बिहान १०.३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्विकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी साउन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.