काठमाण्डौ । सेयर बजार बढे पछि सबैको नजर बजारतर्फ पर्ने गर्छ । पछिल्लो सयम सेयर बजार चम्किन थाले पछि केही कम्पनीहरुले सर्वसधारणलाई विभिन्न फेसबुक तथा सामाजिक सञ्जाल प्रयोग गरेर सेयरमा लगानी गर्न आह्वान गरेको भेटिएको छ । यस्तोमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम थप गरि सर्वसाधारणसँग पैसा उठाएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।
आईपीओ नै निष्कासन नगरि प्रभु केबलकारले अनाधृकित रुपमा बजारबाट सर्वसाधारणमार्फत पैसा उठाएको गुनासो पछिल्लोपटक बढेको छ । कुनै पनि कम्पनीले सर्वसाधारणबाट पैसा उठाउनको लागि धितोपत्र बोर्डबाट अनुमति लिएर प्राथमिक सेयर निष्कासन नै गर्नु पर्छ ।
तर यो केबलकारले सर्वसाधारणबाट प्रिमियममा नै पैसा उठाउन थालेको गुनासो बजारमा बढेको छ । नेप्सेका एक उच्च अधिकारी भन्छन्, ‘पछिल्लोपटक सेयर बजारमा रौनकता आउन थालेपछि खरायो पाल्नेले समेत पैसा उठाउन थालेका छन् । यस्तो अवस्थामा नेप्सेले केही गर्न सक्दैन । स्वयंम लगानीकर्ता नै सचेन हुने हो ।’