शुक्रबार, असार १९,२०८३ 11:51:07
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:51:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा लगातार दोश्रो सर्किट, बैंकहरुको सेयर मूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
नेप्सेमा लगातार दोश्रो सर्किट, बैंकहरुको सेयर मूल्यमा उछाल

काठमाण्डौ। सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १२९.०७ अंकले बढेको छ। नेप्से २६९७.२१ विन्दुमा आएको छ। 

त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ। राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो। सोही कारण लगानीकर्ता उत्साहित भएका छन्।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै,दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र,जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।  

 

New Office
CG Motors
Garima Development Bank

शुक्रबार नेपाल राष्ट्रबैंकले मौद्रिक नीति ल्याएको थियो। मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको नाफा ह्वात्तै बढ्ने नीतिगत व्यवस्था गरिएको छ। यसबाट विगतमा कमजोर देखिएका बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्ने र राम्रो लाभांश पाइने आशमा लगानीकर्ताहरुले खरीद बढाउँदा सर्किट लागेको हो। बजारमैत्री मौद्रिक नीतिका कारण विगत केही दिनदेखि बढिरहेको बजारमा आइतबार एकाएक उछालको अवस्था देखिएको हो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.