शुक्रबार, असार १९,२०८३ 11:50:31
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:50:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीहरुमा सानिमा जिआइसीको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा नेपाल लाइफ

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीहरुमा सानिमा जिआइसीको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा नेपाल लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ४.२४ अंकले बढेको छ भने निर्जीवन बीमा समूह २.६८ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुमा आज सानिमा जिआइसी इन्स्योरेन्सबाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा नेपाल लाइफ रहेको छ । 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सेयरभाउ ८.७० प्रतिशतले बृद्धि भई ८३७ रुपैयाँ पुगेको छ । त्यस्तै, आरबीसीएलको ६.९५ प्रतिशत, एलआइसी नेपालको ५.७७ प्रतिशत, नेशनल लाइफको ३.९७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.७८९ प्रतिशत, एशियन लाइफको ३.५० प्रतिशत, हिमालयन लाइफको ३.४६ प्रतिशत, सुर्यज्योति लाइफको ३.४६ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.३५ प्रतिशत, सन नेपाल लाइफको ३.३१ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.७६ प्रतिशत र आइएमई लाइफको २.७४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

यसका साथै हिमालयन एभरेष्टको २.६९ प्रतिशत, नेको इन्स्योरेन्सको २.४६ प्रतिशत, सिटिजन लाइफको २.३७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.९९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.८८ प्रतिशत, युनाइटेड अजोडको १.७२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.४३ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.४३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सानिमा जिआइसी इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ १.३६ प्रतिशतले घटेर ७२५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.