नयाँ दिल्ली। प्रयोगशालामा बनेको हिराको मूल्यमा उच्च कमी आएको छ। सन् २०२२ मा प्रयोगशालामा बनाइएको हिराको मूल्य एक क्यारेटकै ३०० डलरसम्म पुगेको थियो। अहिले यसको मूल्य घटेर ७८ डलरमा सीमित भएको छ। यही अवधिमा प्राकृतिक हिराको मूल्य पनि २५ देखि ३० प्रतिशतसम्म घटेको बताइएको छ।
पछिल्लो समय विश्व बजारमा सुनको मूल्य बढिरहेको छ। अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दी र चिनियाँहरूको खरिद प्रवृत्तिमा आएको परिवर्तनले पनि हिरा उद्योग नराम्ररी प्रभावित बनेको छ। पछिल्ला दुई वर्ष निकै कठिन रहेको हिरा व्यापारीहरू बताइ्रहेका छन्।
प्राकृतिक हिराको मूल्यमा आएको कमीसँगै साना र सस्तो खालको हिराको माग पनि प्रभावित भएको छ। उता, प्रयोगशालामा बनाइने हिराले सस्तो खालको हिराबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। प्राकृतिक हिराको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक चीनको हिरा खरिदमा व्यापक कमी आएको छ। यी सबैले पनि हिराको मूल्य प्रभावित भइरहेको विश्लेषकहरूले बताउँदैका छन्।- एजेन्सी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।