काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । जसमा उच्च खरिद गर्नेमा नाशा सेक्यूरिटिज रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोड रुपैयाँबराबरको खरिद भएको छ भने ९५ करोडको बिक्री भएको छ ।
इम्पेरियलबाट ७६ करोड ५६ लाखको खरिद भने ७० करोडको बिक्री भएको छ । त्यसै गरि उच्च खरिद गर्नेमा दीपशिखा धितोपत्रबाट ५१ करोड ५८ लाख खरिद र ४३.१० करोडको बिक्री भएको छ । डाइनामिक सेक्युरिटिजबाट ५३ करोड बराबरको खरिद र ४३ करोडको बिक्री, एबीसी सेक्यूरिटिजबाट ४१ करोडको खरिद र ३४ करोड ६६ लाखको बिक्री भिजनबाट ६९ करोडको खरिद र ७२ करोडबो बिक्री, अनलाइन सेक्युरिटिजबाट ६१ करोडको खरिद र ७३ करोडको बिक्री र आर्यतार सेक्यूरिटिजबाट ५१ करोड बराबरको खरिद र ६१ करोडको बिक्री, सनी सेक्यूरिटजबाट पनि ४८ करोडको खरिद र ६० करोडको बिक्री, र लिञ्च सेक्यूरिटिबाट ३५ करोडको खरिद र करिब ५७ करोडको बिक्री भएको छ ।