आईतवार, असार १५,२०८२ 10:55:52
  • आईतवार, असार १५,२०८२ 10:55:52
Global IME Bank Limited

जुलाईमा यो वर्षकै कम पर्यटक नेपाल भित्रिए

Hyundai Nepal
जुलाईमा यो वर्षकै कम पर्यटक नेपाल भित्रिए
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुलाईमा यो वर्षकै सबैभन्दा कम पर्यटक नेपाल आएका हुन् ।

यस्तै यो संख्या कोरोना भाइरस महामारी आउनु अघिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत कम हो । सन् २०१९ को जुलाई महिनामा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो वर्षको जुलाईमा नेपाल आएका पर्यटकको संख्या सन् २०२३ को तुलनामा भने बढी हो । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनासम्म कुल ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । जुलाईमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो महिना २१ हजार ४९१ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै अमेरिकाबाट ८ हजार ८६ पर्यटक नेपाल आएका छन् । चीनबाट भने जुलाई महिनामा ६ हजार ८१९ र बंगलादेशबाट ३ हजार ४७० जना पर्यटकको नेपाल आगमन भएको छ ।  

यो वर्षको जनवरी महिनामा ७९ हजार १ सय,फेब्रुअरीमा ९७ हजार ४२६,मार्च महिनामा १ लाख २८ हजार १६७, जुन महिनामा ७६ हजार ७३६ र अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना पर्यटक नेपाल आएका थिए ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.