काठमाण्डौ । यो साता सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । यो साता नेपाल फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ५५ प्रतिशत आर्जन गरेका छन् ।
त्यसैगरि, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताहरुले ३२.०९ प्रतिशत , हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले ३१.६ प्रतिशत, सिईडिबि हाईड्रोका लगानीकर्ताहरुले ३०.४१ प्रतिशत , श्री इन्भेष्टमेन्टका एण्ड फाइनान्सका लगानीकर्ताले २७.७५ प्रतिशत , एचआइडीसीएलका लगानीकर्ताहरुले २६.४९ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताहरुले २२.४३ प्रतिशत, निफ्राका लगानीकर्ताहरुले २१.६९ प्रतिशत, ओरियण्टल होटल्सका लगानीकर्ताहरुले २०.९७ प्रतिशत, गोर्खा फाइनान्सका लगानीकर्ताहरुले २०.९१ प्रतिशत आम्दानी गरेका छन् ।