आईतवार, बैशाख ७,२०८२ 05:40:55
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:40:55
IME remit
Global IME Bank Limited

सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्‍यो खर्च ?

Hyundai Nepal
सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्‍यो खर्च ?
Nabil Bank Limited

काठमाण्डौ। सरकारले गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। विकास निर्माणको लागि छुट्याइएको एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको हो।गत वर्ष सरकारले तीन खर्ब दुई अर्ब रूपैयाँको खर्च गर्ने अनुमानसहित बजेट विनियोजन गरेको थियो। जसमा जम्मा ६३ प्रतिशत खर्च भएको जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ३३ अर्ब रूपैयाँको भएको थियो। गत वर्ष भने करिब ४३ अर्ब रूपैयाँले कम खर्च भएको बताएको छ। जसमा सार्वजनिक निर्माण, अनुसन्धान तथा विकास सम्बन्धी कार्यक्रम, जग्गा प्राप्ति, भइरहेका संरचनाको उपयोग बढाउने गरी संरचना विस्तार, सफ्टवेयर निर्माण तथा खरिद, कम्प्युटर, गाडी तथा फर्निचर खरिद लगायतमा गरिएको खर्च गर्नुपर्ने व्यवस्था छ। 

Shivam Cement
Bizshala
CG Motors

सरकारले गर्ने पुँजीगत खर्चमध्ये आधा रकम भने सडक तथा पुल निर्माणमा  गरेको छ। आर्थिक वर्ष २०८०.८१ मा गरिएको खर्चमध्ये ९३ अर्ब ९७ करोड रूपैयाँ सडक तथा पुल निर्माणमा खर्च गरेको छ। जसमा  सडक तथा पुल निर्माणका लागि एक खर्ब २८ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएकोमा ७३ प्रतिशत खर्च भएको हो।

आर्थिक वर्ष २०७९/८० मा एक खर्ब एक अर्ब भएको थियो। गत वर्ष भइसकेको खर्च पनि निर्माण नभएको र कतिपय काम पनि नभएको कारणले यस्तो खर्च कम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

यस्तै, कार्यालय भवन तथा त्यसको कम्पाउन्ड निर्माण (गैर-आवसीय भवन निर्माण) को लागि २३ अर्ब ८३ करोड रूपैयाँ खर्च भएको छ। यो खर्च शीर्षकमा सरकारले ४२ अर्ब ६३ करोड रकम विनियोजन गरेकोमा गत वर्ष ५६ प्रतिशत मात्रै खर्च भएको छ।

आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ३७ करोड खर्च भएकोमा गत वर्ष १४ अर्ब ५४ करोड यस्तो खर्च कम भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ। यहाँ भुक्तानीभन्दा धेरै काममा समस्या रहेको बताइएको छ।

सिँचाइ संरचना निर्माणमा, १४ अर्ब २६ करोड, मेसिनरी तथा औजार खरिदमा ७ अर्ब ९१ करोड, खानेपानी संरचना निर्माणमा ६ अर्ब २८ करोड, तटबन्ध तथा बाँध निर्माणमा ५ अर्ब ८२ करोड र पुँजीगत परामर्श खर्च चार अर्ब ९८ करोड भएको छ।

यसैगरी सार्वजनिक अस्पताल, स्कुल, पाटी-पौवा लगायतका संरचना (अन्य संरचना) निर्माणमा १६ अर्ब ७० करोड खर्च भएको छ। यस्तो खर्चको लागि सरकारले ३५ अर्ब ५७ करोड बजेट विनियोजन गरेकोमा जम्मा ४७ प्रतिशत खर्च भएको छ।आर्थिक वर्ष २०७९/८० मा यस्तो कामको लागि १७ अर्ब ९१ करोड खर्च भएको तथ्याङ्कबाट देखिन्छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.