शनिबार, आश्विन ३१,२०८३ 04:03:11
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 04:03:11
Bizshala
Global IME Bank Limited

५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....

Bizshala
५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....
New Office

काठमाण्डौ । अन्तिम मिनेट जहिले पनि रोचक हुन्छ । चाहे त्यो फिल्म होस्, खेल वा सेयर बजार नै किन नहोस् । अझ पछिल्लो समय नेपालको सेयर बजारमा त जे हुन्छ अन्तिम मिनेटमै हुन्छ भन्ने भाष्य स्थापित हुन थालेको छ ।  

सोमबारको सेयर कारोबार पनि अन्तिम मिनेट भने निकै रोचक देखियो । दिनभर सामान्य अंकले तलमाथि गरेर चलेको सेयरबजार अन्तिम एक मिनेटमा रोचक तरिकाले करिब १५ अंकले बढाइयो । यसरी अन्तिम समयमा राम्रै चलखेल गर्ने अरु कोही नभएर लामो समयदेखि नेपालको सेयरबजारमा चलखेल गर्न खप्पीस, खुलेआम इन्साइडर ट्रेडिङ गर्दा पनि छुट पाइरहने भाग्यमानी ब्रोकर अर्थात नासा सेक्युरिटिज हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८)बाट आज नेपाल टेलिकमको सेयरमा २–४ कारोबारमा नै ५० रुपैयाँ भन्दा बढीले सेयरको मूल्य उचाल्ने काम भयो । ५८ नम्बर ब्रोकरको चलखेलले सेयरको मूल्य मात्रै बढेन आज बजार नै दोहोर अंकले उक्लियो ।  

सेयर कारोबार यस्तै रहस्यमय हुने भएकोले धूर्त लगानीकर्ताहरु अन्तिम समयसम्म सेयर बजारमा कारोबार हेरेर बस्ने गर्छन । संयोगवश, आज नेपाल टेलिकमको २० औं बार्षिकोत्सव पनि थियो । यही अबसर पारेर सेयरको भाउ माथि उठाउने खेल नासाले खेल्यो ।  

एक लगानीकर्ता टेकेन्द्र थपलियाले भोलि ५० रुपैयाँ महङ्गोमा हजारौं कित्ता सेयर बेच्न पाइयो भने नाफैं हुने ठानेर अन्तिम मिनेटमा खेल्ने काम भएको बताए ।  

यस्ता खेलहरुमा सोझा लगानीकर्ता फस्ने नै हुन् । थपलियाले थपे–‘किनकि धेरै लगानीकर्ताहरु दिनभर बजार हेरेर बस्दैनन् । धेरैलाई यस्तो फुर्सद नै हुँदैन । तर क्लोजिङ मार्केट, कारोबार र सूचक मात्रै हेर्छन ।’  

उनले पटक पटक बजारमा यस्तो खेल हुने गरे पनि नियामक रमिते मात्र बन्दै आएको छ । खुलेआम चलखेल, इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि बग्रेल्ती हुँदा पनि कसैले चासो नदिंदा नासाजस्ता धुरन्धर खेलाडीहरु हौसिइरहेका लगानीकर्ता बताउँछन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.