बुधबार, श्रावण ६,२०८३ 02:57:48
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:57:48
Bizshala
Global IME Bank Limited

आज र भोलि नेपालमा मनसुन थप सक्रिय हुने, अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी

आज र भोलि नेपालमा मनसुन थप सक्रिय हुने, अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी
New Office

काठमाण्डौ । हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रणालीको प्रभावले साउन २२ गतेदेखि २३ गतेसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।    

साउन २२ गतेदेखि २३ गतेसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  

साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।  

तसर्थ, २२ गतेदेखि मिति २३ गते सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले आग्रह गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.