बिहीबार, आश्विन ३,२०८१ 07:55:24
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:55:24
IME remit
Global IME Bank Limited

आज र भोलि नेपालमा मनसुन थप सक्रिय हुने, अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी

Hyundai Nepal
आज र भोलि नेपालमा मनसुन थप सक्रिय हुने, अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रणालीको प्रभावले साउन २२ गतेदेखि २३ गतेसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।    

साउन २२ गतेदेखि २३ गतेसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।  

तसर्थ, २२ गतेदेखि मिति २३ गते सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले आग्रह गरेको छ । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.