काठमाण्डौ । केही दिनको गिरावट व्यहोरेको फाइनान्स समूहले शानदार बाउन्स ब्याक गर्ने रुझान देखिएको छ ।
बुधबार बजार खुलेको एक घण्टासम्म सुस्ताएको फाइनान्स समूह त्यसपछि भने रकेटको गतिमा बढिरहेको छ ।
लगातार केही दिनसम्म करेक्सन व्यहोरेका कारण फाइनान्स समूहमा शानदार बाउन्सब्याक हुने बजारको प्रारम्भिक रुझानले देखाएको छ ।
बीचको केही दिन लगातार नेगेटिभ सर्किट व्यहोरेको नेपाल फाइनान्सको सेयरमूल्यमा पनि एकाएक उछालको अवस्था देखिएको छ । यो फाइनान्सको मूल्य १२ः४० सम्ममा ६.०९ प्रतिशतले बढिसकेको छ ।
योसँगै अन्य फाइनान्स कम्पनीको मूल्य समेत तीव्र रुपमा बढिरहेको छ ।
यो समाचार तयार पार्दासम्म गुड्विल फाइनान्स, श्री इन्भेष्टमेन्ट, प्रोग्रेसिभ फाइनान्स, समृद्धि फाइनान्स र सेन्टल फाइनान्स सर्किट लेभलमा कारोबार भइरहेको छ ।
धेरै मूल्य बढेका १० कम्पनीको सूचीमा फाइनान्स कम्पनीको एक छत्र दबदबा देखिएको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६४ भन्दा बढी अंकले बढिसकेको छ भने करिब ८ अर्ब बराबरको सेयर कारोबार भइसकेको छ ।