बिहीबार, कार्तिक ८,२०८१ 02:12:08
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:12:08
IME remit
Global IME Bank Limited

बेलायतमा रहेका र जाने तयारीमा रहेका नेपालीलाई सतर्क हुन दूतावासको आग्रह, कारण के हो ?

Hyundai Nepal
बेलायतमा रहेका र जाने तयारीमा रहेका नेपालीलाई सतर्क हुन दूतावासको आग्रह, कारण के हो ?
Nabil Bank Limited

काठमाण्डौ । लण्डनस्थित नेपाली राजदूतावासले बेलायत बस्ने र घुम्न चाहनेहरुका लागि आपतकालीन ट्राभल एड्भाइजरी जारी गरेको छ।  

एक सूचना जारी गर्दै दूतावासले केही सम्वेदनशील ठाउँहरुमा नजान तथा भ्रमणको तालिका बनेको भए रद्द गर्न आग्रह गरेको हो । 

Bizshala
Shivam Cement
CG Motors

हाल बेलायतका विभिन्न ठाउँहरुमा दैनिक हिंसात्मक प्रदर्शन र हुलदंगा चलिरहेको छ । यिनै घटनाक्रमहरुलाई उल्लेख गर्दे दूतावासले नेपालीहरूलाई आवश्यक सुरक्षा र सतर्कता अपनाउन आग्रह गरेको हो ।  

दूतावासले बेलायतमा रहेका तथा बेलायत भ्रमण गर्न लागेका नेपालीहरूलाई यस्तो स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन समेत आह्वान गरेको छ ।

'राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ', दूतावासले एक सूचना जारी गर्दै भनेको छ।

दूतावासले बेलायतस्थित नेपाली संघ तथा संगठनहरूलाई आफ्नो संस्थारसमुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र समन्वय गर्न समेत आग्रह गरेको छ ।  

यसैगरी, केही सम्पर्क नम्बरहरु समेत उपलब्ध गराई दूतावासले आपतकालीन अवस्थामा यथाशीघ्र सम्पर्क गर्न समेत भनेको छ । दूतावासले जारी गरेको सूचना यस्तो छः

 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.