आईतवार, बैशाख ७,२०८२ 05:32:09
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:32:09
IME remit
Global IME Bank Limited

मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ। भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सम्बन्धी प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। संघको सभाहलमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष रोशनी मैयाँ धौबन्जाले मौद्रिक नीतिले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लिएको लक्ष्य सकारात्मक रहेको बताइन्।

निर्माण व्यवसायमा आएको सिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाका लागि मौद्रिक नीतिमा सकारात्मक व्यवस्था गरिएकोमा खुसी व्यक्त गरिन्। बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु, बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणको लागि सहजीकरण गर्नु मौद्रिक नीतिको राम्रो पक्ष रहेको उनको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

संस्थागत शेयर कारोवारलाई प्रोत्साहन गर्न हाल कायम २० करोड रुपैयाँको कर्जा सीमा हटाउने पक्ष पनि सकारात्मक नै रहेको उनले बताइन्। 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईं, महासचिव नविन प्रजापति, नबिन बैंकका एसएमई चिफ अमित श्रेष्ठलगायतले मौद्रिक नीतिका सकारात्मक पक्षका बारेमा आआफ्नो धारणा राखेका थिए।  

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक नन्दकुमार ढकालले प्रस्तुतीकरण गरेका थिए। 

उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिका विषयवस्तु, कार्यदिशा, लक्ष्य, मौद्रिक उपायहरु, आर्थिक वर्ष २०८१/०८२ को वित्तीय क्षेत्र नीतिका वस्तुस्थिति, नियमन तथा सुपरीवेक्षण, आर्थिक वर्ष २०८१/०८२ को विदेशी विनिमय व्यवस्थापन नीतिको वस्तुस्थिति, नीतिगत व्यवस्थाहरु लगायतका विषयमा जानकारी गराएका थिए। 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.