शनिबार, असार २०,२०८३ 01:04:51
Bizshala
  • शनिबार, असार २०,२०८३ 01:04:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनसँगको मित्रता पाकिस्तानलाई महँगो, युरोपमा बासमती चामल प्रतिबन्ध ?

Laxmi Sunrise Bank Limited
चीनसँगको मित्रता पाकिस्तानलाई महँगो, युरोपमा बासमती चामल प्रतिबन्ध ?

काठमाण्डौ। पाकिस्तानको बासमती चामलमाथि युरोपमा प्रश्न उठिरहेको छ। पाकिस्तानबाट पठाइएको अर्गानिक बासमती चामलको खेपमा जर्मनीमा जेनेटिकली मोडिफाइड चामल भेटिएको छ। युरोपेली संघको अनुसन्धानमा यो कुरा बाहिर आएको हो। एक रिपोर्टका अनुसार हालैको अलर्टमा बासमतीको यो खेप नेदरल्याण्ड हुँदै जर्मनी पुगेको बताइएको छ। जर्मनी र लक्जेम्बर्गका सरकारी प्रयोगशालामा परीक्षणका क्रममा पाकिस्तानबाट आएको बासमती चामलमा जेनेटिकली परिमार्जित चामल भेटिएको हो।

New Office
CG Motors
Garima Development Bank

यसले भारतलाई इयु मा बासमती चामलको विशेष मार्केटिङको लागि जआिई ट्याग प्राप्त गर्न मद्दत गर्न सक्छ। भारतले जुलाई २०१८ मा यसका लागि आवेदन दिएको थियो भने पाकिस्तानले पनि यसै वर्षको सुरुमा यसका लागि निवेदन दिएको थियो।

जुन २०२१ मा भारतबाट पठाइएको चामलको खेपमा पनि ५०० टन जीएम चामल भेटिएको थियो तर त्यो बासमती चामल थिएन। एक पटक जिएम ट्रेसहरू व्यावसायिक बीउहरूमा पुगेपछि, तिनीहरूलाई सफा गर्न गाह्रो हुन्छ। अमेरिकी चामल उद्योगलाई LibertyLink GM चामलबाट छुटकारा पाउन १० वर्ष लागेको थिए।

विज्ञहरूका अनुसार चिनियाँ वैज्ञानिकहरूले पाकिस्तानमा जीएम चामलको प्रजातिमा प्रयोग गरिरहेका छन्। युरोपेली संघ जीएम उत्पादनहरुको बारेमा धेरै संवेदनशील छ। बासमतीको खेपमा जीएम चामल फेला पर्नुले पाकिस्तानबाट निकासी गर्दा निगरानी नहुने सङ्केत दिएको हो। यसबाट युरोपले नियम कडा बनाउन सक्ने बताइउको छ।

यसैबीच हिन्दू बिजनेशलाइनको रिपोर्ट अनुसार एग्टेक स्टार्टअप स्वास्थ इकोहार्वेस्टले सोना मसुरी ब्राउन राइसको पहिलो खेप युरोपबाट पठाउने तयारी गरिरहेको छ। सबै कुरा ठीक भएमा यो महिनाको अन्त्यसम्ममा पहिलो खेप युरोप पठाउन सकिने कम्पनीले जनाएको छ। यो धान तमिलनाडुमा एआई नियन्त्रित गुणस्तर नियन्त्रण कार्यक्रम अन्तर्गत उत्पादन भइरहेको छ। आगामी पाँच वर्षमा १५ लाख टन चामल निर्यात गर्ने लक्ष्य राखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.