आईतवार, बैशाख ७,२०८२ 05:40:55
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:40:55
IME remit
Global IME Bank Limited

आईफोन १६ सिरिज सेप्टेम्बर १० तारिखमा बजारमा सार्वजनिक हुने

Hyundai Nepal
आईफोन १६ सिरिज सेप्टेम्बर १० तारिखमा बजारमा सार्वजनिक हुने
Nabil Bank Limited

काठमाडौं। आईफोन १६ सिरिज लन्चको लागि अझै एक महिना पर्खनु पर्ने भएको छ। आईफोनका नयाँ मोडेलहरू प्रत्येक वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने परम्परा रहेको छ। यस पटक पनि सेप्टेम्बरमै सार्वजनिक हुनेमा धेरै दुविधा छैन। तर कम्पनीले आधिकारिक रुपमा मिति घोषणा गरिसकेको छैन।

विभिन्न स्रोतका अनुसार आईफोन १६ सिरिज बजारमा ल्याउन एप्पल तीव्र तयारीमा जुटेको छ। फोर्ब्सका अनुसार एप्पलले आईफोन १६ सिरिजको उत्पादन समयमै पूरा हुने संकेत दिएकाले सेप्टेम्बरको दोस्रो सातातिर सार्वजनिक हुने सम्भावना बलियो छ।

Shivam Cement
Bizshala
CG Motors

पहिले पनि एप्पलले ‍प्रायः सेप्टेम्बरको मध्यतिर आईफोन मोडलहरू सार्वजनिक गरेको थियो, विशेषगरी मङ्गलबारको दिनमा। २०१३ देखि एप्पलले १० मध्ये ६ पटक मङ्गलबार आईफोन सार्वजनिक गरेको थियो भने बाँकी चार पटक बुधबार सार्वजनिक गरेको थियो। यसै परम्परालाई ध्यानमा राख्ने हो भने आईफोन १६ सिरिज आगामी १० सेप्टेम्बर, मङ्गलबार सार्वजनिक हुने सम्भावना छ।

यस अन्तर्गत एप्पलले आईफोन १६ सिरिजसँगै एप्पल वाच सिरिज १० र नयाँ एयरपड्स पनि सार्वजनिक गर्नेछ। त्यसपछि आईफोन १६ को प्रि-अर्डर १३ सेप्टेम्बरमा सुरु भई २० सेप्टेम्बरदेखि बिक्रीमा आउने अपेक्षा गर्न सकिन्छ। 

एप्पलले नयाँ मोडेलमा कस्ता नयाँ प्रविधि समावेश गरेको छ र प्रयोगकर्ताहरूको अनुभवलाई कसरी फरक बनाउनेछ भन्ने कुराको चर्चा भइरहेको छ। 

यस पटकका आईफोन मोडेलहरू नयाँ डिजाइन, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन्। साथै ब्याट्री क्षमता र पफमेन्समा पनि महत्वपूर्ण सुधार हुने बताइएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.