शनिबार, फाल्गुन १०,२०८१ 04:12:22
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:12:22
IME remit
Global IME Bank Limited

एनआरएन इन्फ्रास्टक्चरको नाफामा ४७४% को उछाल, आम्दानी घट्दा पनि कसरी बढ्यो नाफा ?

Hyundai Nepal
एनआरएन इन्फ्रास्टक्चरको नाफामा ४७४% को उछाल, आम्दानी घट्दा पनि कसरी बढ्यो नाफा ?
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको नाफा तथा अन्य महत्वपूर्ण वित्तीय सूचकमा उछालको अवस्था देखिएको छ ।  

यो कम्पनीले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा ६ करोड ७६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खूद नाफा १ करोड १७ लाखमा सीमित थियो ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

 खूद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उछाल आएको छ । अघिल्लो वर्षसम्म ९६ पैसामा सीमित प्रतिसेयर आम्दानीतर्फ ४७४ प्रतिशतको बढोत्तरी देखिएको हो ।  

कम्पनीको रिटेन्ड अर्निङमा पनि लोभलाग्दो प्रगति देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ५ करोड ३५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ११ करोड ६० लाखको उचाईमा पुगेको हो ।  

इन्भेष्टमेन्ट रिभ्यालुएसन रिजर्भको आकार समेत २९ करोड ४४ लाख रुपैयाँबाट बढेर ६० करोड ५३ लाखको उचाईमा पुगेको छ।  

आम्दानी घटेपनि वित्तीय सम्पत्तिको फेयर भ्यालु परिवर्तनबाट हुने नाफा उच्च भएका कारण खुद नाफा बढ्न पुगेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष २ करोड १६ लाखले ऋणात्मक थियो ।  

यो कम्पनीले लगानी गरेका परियोजना कम्पनीहरुबाट प्रवद्र्धित पाँचवटा जलविद्युत आयोजनाहरुमध्ये चारवटा जलविद्युत आयोजनाहरु सञ्चालनमा आइसकेका छन् । बाँकी रहेको एउटा आयोजना पनि निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको छ । यसरी हेर्दा कम्पनीले गरेको लगानीबाट प्राप्त हुने आम्दानी आगामी दिनमा अझ बढ्ने सम्भावना देखिन्छ ।  

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३५.२७ गुणा, प्रतिसेयर सम्पत्तिको मूल्य १७७.९७ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.