आईतवार, बैशाख ७,२०८२ 03:26:52
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:26:52
IME remit
Global IME Bank Limited

सुबारु मोडलका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक, के के छन् विशेषता, मूल्य कति ?

Hyundai Nepal
सुबारु मोडलका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक, के  के छन् विशेषता, मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ। नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्स प्रालिले आइतबार (आज) नयाँ मोडलहरू- २-० क्रसट्रेक हाइब्रिड आइसाइट र २.५ आउटब्याक टुरिङ आइसाइट नेपालमा सार्वजनिक गरेको छ। जापानी कार उत्पादक कम्पनी सुबारुले बनाएका दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा बिक्री वितरण गर्न सुरू गरिएको छ।  

सार्वजनिक भएका यी दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु कर्पोरेसनद्वारा आविष्कार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गरेको कम्पनीले दाबी गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

मूल्य कति ?

यी गाडीको मूल्य नेपाली बजारमा १ करोड ६९ लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ। प्रविधिमा आधारित २.० क्रसट्रेक हाइब्रिड आइसाइट बाटोमा दौडिरहेको अवस्थामा स्वचालित रूपमा विद्युतीय र इन्धनको ऊर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडी जस्तो बाहिरी चार्जिङको आवश्यकता नपर्ने बताइएको छ।

१० वटा यअरब्याग रहेको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेण्ट प्रणालीले यात्रामा सुरक्षाको प्रत्याभूतिलाई थप गराउने उल्लेख गरिएको छ।

दौडिरहेकै अवस्थामा गाडीको ब्याट्री आफैं चार्ज हुने र एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमीको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ।

२.५ आउटब्याक टुरिङ आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ। यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतह जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.